सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ हजार ९ सय घट्दा चाँदी ५० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ माघ ८ गते ११:१७ | Jan 22, 2026
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ हजार ९ सय घट्दा चाँदी ५० रुपैयाँ सस्तियो

काठमाडौं। लगातार बढेर उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्यमा बिहीबार गिरावट छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ भने चाँदी ५० रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबारका तुलनामा एकैदिन १० हजार ४ सय रुपैयाँ बढ्दा बुधबार तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो।

सुनको मूल्यमा बढोत्तरीको अनुपातमा गिरावट निकै सुस्त छ। अन्तर्राष्ट्रिय बजारमै लगानीकर्ता सुनचाँदीमा आकर्षित हुँदा स्थानीय बजारमूल्यमा चाप परेको हो। व्यवसायीहरुका अनुसार लगातार मूल्य उच्च भइरहँदा खरिदबिक्री प्रभावित भएको छ। बजारमा सुनका गरगहना खरिद गर्नेहरु घटेका छन्।

चाँदीको मूल्य बिहीबार तोलाको ५ हजार ८ सय ७० रुपैयाँ भएको छ। बुधबार चाँदी तोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४७९८.२९ डलर र चाँदी प्रति औंस ९३.३४ डलरले कारोबार भइरहेको छ। बुधबार सुन सुनचाँदीको मूल्य बढ्दै उच्च विन्दु प्रति औंस ४८६६.०२ डलर र चाँदी प्रति औंस ९४.५ डलर थियो।