काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सले ८३ जना अभिकर्तालाई सम्मान गरेको छ।
इन्स्योरेन्सले धुलिखेलस्थित एक रिसोर्टमा कार्यक्रम गरी बीमा शु्ल्क धेरै संकलन गरी टीओटी, सीओटी र एमडीआरटीमा छनोट भएका अभिकर्तालाई सम्मान गरेको हो।
अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले तोकेको बीमा शुल्क संकलन गरी देशभरबाट टीओटीमा २ जना, सीओटीमा ४ जना र एमडीआरटीमा ७७ जना छनोट भएका छन्।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्तालाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास सुरु गरेको बताए।
इन्स्योरेन्सले एमडीआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना ‘चेज योर एमडीआरटी’मा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका थिए।
सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा लाग्न थप हौसला प्रदान गरेका थिए।










