काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार सुन प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा २ हजार ७ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ थियो।
चाँदीको मूल्य बुधबार तोलामा ४० रुपैयाँ बढेर प्रति तोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रति तोला ७० रुपैयाँ बढेर प्रति तोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस ४ हजार ८ सय ६६.०२ डलर पुगेको छ। मंगलबार सुन प्रतिऔंस ४७१४.४६ डलर थियो। बुुधबार चाँदी प्रति औंस ९४.५ डलर रहेको छ।










