लेबलविना अण्डा बेच्ने फर्ममाथि कारबाही, खिलुङ कालिका मार्केटिङलाई ५० हजार जरिवाना

बिजमाण्डू
२०८२ माघ ६ गते १७:२७ | Jan 20, 2026
लेबलविना अण्डा बेच्ने फर्ममाथि कारबाही, खिलुङ कालिका मार्केटिङलाई ५० हजार जरिवाना


काठमाडौं। बजारमा उपभोग्य मिति उल्लेख नगरी अण्डा बेच्ने फर्महरुमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न थालेको छ।

GBIME
Tata

लेबल नलगाइ अण्डा बेचेको पाइएपछि विभागले खिलुङ कालिका मार्केटिङ कम्पनीलाई जरिवाना तिराएको छ।
विभागले भक्तपुरको बालकोटस्थित कम्पनीलाई मंगलबार ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।

उपभोग्य मिति उल्लेख नगरिएको र म्याद गुज्रिएको अण्डा बजारमा भेटिएको गुनासो आएपछि अनुगमन थालेको विभागले जनाएको छ। विभागले अन्य १२ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ।