प्रदीप पौडेलले नियुक्ति दिएका काफ्लेले स्वास्थ्य बीमा बोर्डमा बस्न मानेनन्, १० महिनामै राजीनामा



बिजमाण्डू
२०८२ माघ ४ गते १५:११ | Jan 18, 2026
प्रदीप पौडेलले नियुक्ति दिएका काफ्लेले स्वास्थ्य बीमा बोर्डमा बस्न मानेनन्, १० महिनामै राजीनामा
डा. रघुराज काफ्ले


काठमाडौं। स्वास्थ बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्।

Tata
GBIME

काफ्लेले बीमाबापतको दाबी भुक्तानी नपाएपछि सरकारी अस्पतालले नै सेवा बन्द गर्न थालेका बेला आइतबार राजीनामा दिएका हुन्।

‘उहाँले आइतबार मन्त्रालयमा राजीनामा बुझाउनु भएको छ। स्वीकृति भने भएको छैन। राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ,’ स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत फागुन अन्तिम साता मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर काफ्लेलाई बोर्डको कार्यकारी निर्देशक बनाएका थिए।

पछिल्लो समय स्वास्थ्य बीमाको दायित्व भुक्तानीको विषयलाई लिएर काफ्ले सरकारसँग असन्तुष्ट थिए। काफ्लेले बोर्डमा नियुक्ति पाउनुअघि स्वास्थ्य बीमा सुझाव कार्यदलको सदस्यका रुपमा काम गरेका थिए।