साताको पहिलो दिन सुनको मूल्यमा ६ सयको बढोत्तरी, चाँदी प्रति तोला २० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ माघ ४ गते ११:३९ | Jan 18, 2026
साताको पहिलो दिन सुनको मूल्यमा ६ सयको बढोत्तरी, चाँदी प्रति तोला २० रुपैयाँ सस्तियो


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ भने चाँदीमा झिनो गिरावट छ। आइतबार सुन तोलामा ६ सय रुपैयाँ वृद्धि भएको छ।

Tata
GBIME

सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७७ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि ७ सय रुपैयाँ बढेर गत शुक्रबार प्रति तोला २ लाख ७७ हजार २ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य आइतबार घटेको छ। गत शुक्रबारका तुलनामा २० रुपैयाँ घटेर प्रति तोला ५ हजार ६ सय २५ रुपैयाँ भएको छ। शुक्रबार तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४५९६.३४ डलर र चाँदी प्रति औंस ९०.१३ डलरले कारोबार भइरहेको छ।