सिटिजन्स लाइफले अस्पताल बनाउन केआइओसीएचलाई ५ लाख रुपैयाँ सहयोग गर्ने



बिजमाण्डू
२०८२ पुष ३० गते १४:४२ | Jan 14, 2026
सिटिजन्स लाइफले अस्पताल बनाउन केआइओसीएचलाई ५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसीएच)बीच बाल अस्पताल निर्माणका लागि सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार भएको सम्झौतामा सिटिजन्स लाइफका अध्यक्ष प्रदीपजंग पाण्डे र केआइओसीएचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।

गैरनाफामूलक संस्था केआइओसीएचले नेपालमा बाल स्वास्थ्य सेवा सहज, सुलभ र किफायती बनाउने लक्ष्य लिएको छ। केआइओसीएचले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा २०० शय्याको बाल अस्पताल निर्माण गर्ने जनाएको छ।

सम्झौताअनुसार सिटिजन्स लाइफले अस्पताल निर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ। परियोजना सम्पन्न भएपछि अस्पतालमा सिटिजन्स लाइफको नाम उल्लेख गरिनेछ।

सिटिजन्स लाइफले आवश्यक परेको बेला परियोजना स्थलको अवलोकन गर्न सक्नेछ भने केआइओसीएचले हरेक वर्ष परियोजनाको प्रगति विवरण उपलब्ध गराउनेछ।

आगामी दिनमा पनि आवश्यकता र स्रोतअनुसार सहकार्यलाई निरन्तरता दिने दुवै पक्षले जनाएका छन्। सिटिजन्स लाइफले यसअघि पनि केआइओसीएच सहयोग गर्दै आएको थियो।