काठमाडौं ल्यान्को पुँजी बजार प्रवेशको तयारीमा, आइपीओ प्रस्तावसहित तोक्यो साधारण सभा



बिजमाण्डू
२०८२ पुष १० गते ११:२४ | Dec 25, 2025
काठमाडौं ल्यान्को पुँजी बजार प्रवेशको तयारीमा, आइपीओ प्रस्तावसहित तोक्यो साधारण सभा


काठमाडौं। रियल इस्टेट कम्पनी काठमाडौं ल्यान्को लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। आइपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले साधारण सभाको मिति तोकेको छ।

Tata
GBIME

ल्यान्को लिमिटेडले पुस २९ गते साधारण सभा गर्न लागेको हो। कम्पनीले साधारण सभामा ५ वटा सामान्य र ३ वटा विशेष प्रस्ताव पेस गर्दैछ। साधारण सभाबाट प्रस्ताव पारितपछि सञ्चालक समितिले आइपीओ निष्कासनको थप प्रक्रिया अगाडि बढाउनेछ। कम्पनीका अध्यक्ष युरोपमान श्रेष्ठ हुन्।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति लिनुका साथै बिक्री प्रबन्धक नियुक्ति, वित्तीय विवरण अद्यावधिक र रेटिङ प्रक्रिया अघि बढाउने योजना छ।

रियलइस्टेट क्षेत्रका कम्पनीहरू पछिल्ला वर्षहरूमा पुँजी बजारमा प्रवेश गर्न चासो देखाउँदै आएका छन्, जसले परियोजना विस्तार र दीर्घकालीन वित्तीय स्रोत जुटाउन मद्दत पुर्‍याउँछ। काठमाडौं केन्द्रित रियलस्टेट कम्पनीका रूपमा आवासीय तथा व्यावसायिक परियोजनामा सक्रिय ल्यान्कोले आइपीओबाट संकलित रकम नयाँ परियोजना विकास, ऋण व्यवस्थापन तथा पुँजीमा प्रयोग गर्ने सम्भावना छ।