काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
शुक्रबार बसेको इन्स्योरेन्स संचालक समिति बैठकले सेयरधनीलाई करसहित चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सको अहिले ५ अर्ब १ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी छ। सेयरधनीले इन्स्योरेन्सको साधारण सभा र नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि लाभांश पाउनेछन्।
सूर्यज्योतिले आर्थिक वर्ष २०८०/८१ मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले त्यसअघि २०७९/८० मा २४.७४ प्रतिशत नगद र १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।










