सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६% लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले?



बिजमाण्डू
२०८२ पुष ४ गते ११:४१ | Dec 19, 2025
सन नेपाल लाइफ इन्स्योरेन्सले २०.२६% लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएकोछ।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले पुस २५ गते साधारण सभा बोलाएको हो। कम्पनीको ८औं र ९औं वार्षिक साधारण सभा एकै दिन हुनेछ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले लाभांश पाउनेछन्।