सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई ३९ करोड ३३ लाख नगद लाभांश दिने



बिजमाण्डू
२०८२ पुष ४ गते ११:२७ | Dec 19, 2025
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई ३९ करोड ३३ लाख नगद लाभांश दिने


काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख २८ हजार रुपैयाँ छ। संचालक समितिको निर्णय अनुसार सेयरधनीले ३९ करोड ३३ लाख ९५ हजार रुपैयाँ लाभांश पाउनेछन्।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बुक क्लोजअघि कामय सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले बुक क्लोजको मिति तोकेको छैन।