पुनर्निर्माण कोषमा दि ओरियण्टल इन्स्योरेन्सको २० लाख सहयोग, अर्थमन्त्रीलाई चेक हस्तान्तरण



बिजमाण्डू
२०८२ पुष ३ गते १०:४६ | Dec 18, 2025
पुनर्निर्माण कोषमा दि ओरियण्टल इन्स्योरेन्सको २० लाख सहयोग, अर्थमन्त्रीलाई चेक हस्तान्तरण


काठमाडौं। दि ओरियण्टल इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि खडा गरिएको कोषमा दि ओरियण्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ सहयोग गरेको हो।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।