सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले २५ प्रतिशत नगद लाभांश पाउने



बिजमाण्डू
२०८२ मंसिर २६ गते ११:०९ | Dec 12, 2025
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले २५ प्रतिशत नगद लाभांश पाउने

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई कर सहित २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ७० करोड १६ लाख ३७ हजार रुपैयाँ लाभांश पाउनेछन्। यो रकम करसहित हो।

इन्स्योरेन्सको चुक्ता पुँजी अहिले २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ मा ३० प्रतिशत र २०७९/८० मा ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।