सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पौडेललाई निरन्तरता, नयाँ कार्यकाल पुस ३० देखि



बिजमाण्डू
२०८२ मंसिर २१ गते १०:०५ | Dec 7, 2025
सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पौडेललाई निरन्तरता, नयाँ कार्यकाल पुस ३० देखि


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल दोहोरिएका छन्। इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा उनलाई निरन्तरता दिने निर्णय गरेको हो।

Tata
GBIME

पौडेलको अर्को कार्यकाल पुस ३० गतेदेखि लागू हुनेछ। सञ्चालक समितिले पौडेललाई ४ वर्षे कार्यकालका लागि पुन:नियुक्त गरेको हो।

पौडेलसँग तीन दशकको व्यावसायिक अनुभव छ। सिटिजन लाइफमा आउनुअघि उनी मेटलाइफ इन्स्योरेन्समा चीफ फाइनान्सियल अफिसर थिए।