रसुवागढी जलविद्युत आयोजना बन्द भएको ४ महिनापछि संचालनमा आउँदै, ३७ मेगावाट उत्पादन गर्ने

बिजमाण्डू
२०८२ मंसिर १८ गते १३:१९ | Dec 4, 2025
रसुवागढी जलविद्युत आयोजना बन्द भएको ४ महिनापछि  संचालनमा आउँदै, ३७ मेगावाट उत्पादन गर्ने


काठमाडौं। असार २४ गतेको बाढीले क्षति पुर्‍याएपछि बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना बिहीबार साँझबाट आंशिकरुपमा संचालनमा आउने भएको छ।

GBIME
Tata

आयोजनाले ३७ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। आयोजना प्रमुख राजाराम ज्याखाले दैनिक १८ घण्टासम्म काम गरेर आयोजना आंशिकरुपमा संचालनमा ल्याउन लागेको बताए।

‘आयोजना पुससम्म आंशिकरुपमा संचालनमा ल्याउने लक्ष्य थियो। तर, हामी दैनिक १८ घण्टासम्म काम गरेर लक्ष्यभन्दा पहिले नै संचालनमा ल्याउने अवस्थामा आएका छौं,’ उनले भने, ‘पुरिएको हेडवर्क्स क्लियर गरि टेलरेसबाट पानी डाइर्भट गरेर मंगलबार राति १२ बजे मेसिनमा पानि पुर्‍याएका थियौं। मेसिन परीक्षण गरेर आज बेलुकाबाट विद्युत उत्पादन गर्दै छौं।’

बाढीले आयोजनाको हेडवर्क्स साथै टेलरेसमा क्षति पुगेको थियो। मेसिनमा समेत बालुवा पसेको थियो। आयोजना पूर्ण क्षमतामा संचालनमा आउन भने समय लाग्ने छ। बाढीले आयोजनामा करिब ३ अर्ब बराबरको क्षति भएको थियो।