नेकाे इन्स्योरेन्सले विदेश जाने विद्यार्थीलाई लक्षित गरी ल्यायाे नयाँ बीमा योजना



बिजमाण्डू
२०८२ मंसिर ५ गते १८:३३ | Nov 21, 2025
नेकाे इन्स्योरेन्सले विदेश जाने विद्यार्थीलाई लक्षित गरी ल्यायाे नयाँ बीमा योजना


काठमाडौं। नेकाे इन्स्योरेन्सले अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई लक्षित गरी नयाँ योजना ल्याएको छ। कम्पनीले इन्स्योरेन्स इन्टरनेसनल हेल्थ प्लस बेनिफिट याेजना ल्याएकाे हो।

Vigo
GBIME
Tata

यो याेजनाले प्रिमियम अनुसार जाेखिम बहन गर्नेछ। विदेश जाने विद्यार्थीकाे ५० हजार डलरसम्मकाे ट्युसन फि योजनामा समेटिएको छ। यस्तै विदेशमा रहेका विद्यार्थी तथा स्वदेशमै रहेका अभिभावककाे दुर्घटनामा परी मृत्यु भएमा परिवारका सदस्यले ५० हजार डलर पाउनेछन्।

विद्यार्थीलाई इएमआई लाेन लगायत जाेखिम समेटिएकाे कम्पनीले जनाएको छ।

कम्पनीले बेलायतकाे रिइन्स्याेरेन्ससँगकाे साझेदारीमा दाबी भुक्तानी हुने जनाएकाे छ। पाेलिसीकाे प्रिमियम इएमआई सुविधा लिए १६० डलर र नलिए १५० डलर ताेकिएकाे छ।  

नेपाल तथा विदेशमा रहनेले पाेलिसी खरिदका लागि अनलाइनबाट आवेदन दिन सक्नेछन्। बीमितले अनलाइनबाटै दाबी भुक्तानीका लागि आवेदन दिन सक्नेछन्।