अब आलु खेतीको पनि बीमा, प्राधिकरणले अनुसूचीमा थपेर इन्स्योरेन्सलाई दियो निर्देशन



बिजमाण्डू
२०८२ मंसिर ३ गते १७:१५ | Nov 19, 2025
अब आलु खेतीको पनि बीमा, प्राधिकरणले अनुसूचीमा थपेर इन्स्योरेन्सलाई दियो निर्देशन


काठमाडौं। अब आलु खेती पनि इन्स्योरेन्सको दायरामा आएको छ। नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेतीलाई पनि थपेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले तरकारी खेती बीमालेखमा आलु खेती छुट्न गएको भन्दै थपेको हो। प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ।

‘प्राधिकरणबाट जारी भएको तरकारी खेती बीमालेख (उत्पादनमा आधारित) को अनुसूची १ मा तरकारी बाली सम्बन्धी व्यवस्था छ। उल्लेखित बीमालेखको अनुसूची १ मा आलु खेती बीमालेखको विवरण छुट हुन गएकोले अनुसूचीमा तपसिलमा उल्लेख भए बमोजिम क्र.सं. १० देखि १०.६ बमोजिमको आलुको विवरण समावेश गरिएको हुँदा सोही बमोजिम आलु खेती बीमालेखको बीमाङक निर्धारण गर्न, गराउन हुन निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ।