नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५ प्रतिशत वृद्धि, तीन महिनामा कमायो साढे २१ करोड



बिजमाण्डू
२०८२ कात्तिक २८ गते ११:१९ | Nov 14, 2025
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५ प्रतिशत वृद्धि, तीन महिनामा कमायो साढे २१ करोड


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९४ प्रतिशतले बढेको छ।

Tata
GBIME

इन्स्योरेन्सले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष पहिलो त्रैमासमा २० करोड ५४ लाख रुपैयाँ मुनाफा कमाएको थियो।

कम्पनीको बीमा शुल्क आर्जन बढेसँगै नाफामा सुधार भएको हो। पहिलो त्रैमासमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १३.१८ प्रतिशतले बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण

सूचक२०८२२०८१फरक
चुक्ता पुँजी (रु हजारमा)९०२८७६३९०२८७६३
खुद बीमा शुल्क (रु हजारमा)१३३६९२०७११८११९६९१३.१८४
कुल आम्दानी (रु हजारमा)१८३६४१३११७९७७०७१२.१५३
कुल खर्च (रु हजारमा)१७२८३७४२१६५७०४६०४.३०५
खुद नाफा (रु हजारमा)२१५५५१२०५४०५४.९४
प्रति सेयर आम्दानी (रुपैयाँ)९.५५१०.०१-४.५९५
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१३८.१४