काठमाडौं। सुनको मूल्य बढेको छ। सुन शुक्रबार प्रति तोला ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रति तोला २ लाख ३८ हजार ४०० रुपैयाँ निर्धारण भएको जनाएको छ।
सुन बिहीबार पनि तोलामा ६०० रुपैयाँ बढेको थियो।
चाँदीको मूल्य प्रति तोला १० रुपैयाँ बढेको छ। शुक्रबार चाँदीको भाउ प्रति तोला ३ हजार २० रुपैयाँ पुगेको छ। चाँदी बिहीबार प्रति तोला २० रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबा प्रति औंस ३९९६.६ डलर र चाँदीको मूल्य प्रति औंस ४८.४९ डलर छ। यो मूल्य क्रमश: ३९८६.८५ डलर र ४८.२९ डलर थियो।











