काठमाडौं। सुनको मूल्य बुधबार पनि घटेको छ। सुनको मूल्य प्रति तोला ११०० रुपैयाँ घटेको हो।
सुनको मूल्य बुधबार प्रति तोला २ लाख ३७ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन मंगलबार तोलामा १४०० रुपैयाँ घटेको थियो।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार चाँदीको भाउ प्रति तोला २ हजार ९९० रुपैयाँ कायम भएको छ। चाँदी मंगलबार तोलामा ४५ रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३९७१.५१ डलरमा आइपुगेको छ। यस्तै चाँदी प्रति औंस ४७.७७ डलरमा कारोबार भइरहेको छ।











