काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ३८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुन तोलामा ७०० रुपैयाँ बढेर प्रति तोला २ लाख ३९ हजार ७०० रुपैयाँ थियो। सोमबार सुनको मूल्य स्थिर रहेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा ४५ रुपैयाँले घट्दै प्रति तोला ३ हजार १५ रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ। मंगलबार सुन प्रतिऔंस ३९८५.०३ डलर भएको छ। सोमबार सुन प्रतिऔंस ४००६.७४ डलर थियो। मंगलबार चाँदी प्रतिऔंस ४८.९० डलर छ।











