लाइफ इन्स्योरेन्स कर्पोरेसनको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त



बिजमाण्डू
२०८२ कात्तिक १८ गते १०:५० | Nov 4, 2025
लाइफ इन्स्योरेन्स कर्पोरेसनको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त


काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन्।

Tata
GBIME

सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने प्रविन कुमार मोलरीको कार्यकाल सकिएका कारण शुभाङ्गीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

शुभाङ्गीलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको जानकारी कम्पनीले १७ गते नियामक नेपाल बीमा प्राधिकरणलाई गराएको छ।