सुनको मूल्य पुनः महँगियो, तोलामा २७ सय रुपैयाँले बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी



बिजमाण्डू
२०८२ कात्तिक १४ गते ११:२३ | Oct 31, 2025
सुनको मूल्य पुनः महँगियो, तोलामा २७ सय रुपैयाँले बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी

काठमाडौं। बिहीबार स्थिर रहेको सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य शुक्रबार प्रति तोला २ लाख ३९ हजार रुपैयाँ निर्धारण भएको छ।

यो साता सुनको मूल्य प्रति तोला २ लाख ४१ हजार ९०० रुपैयाँबाट घट्दै प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँमा आएको थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा ८० रुपैयाँ बढेको छ। चाँदीको कारोबार मूल्य प्रति तोला ३ हजार ६० रुपैयाँ भएको छ।

बिहीबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला २ हजार ९८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेर प्रति औंस ३९९६.३७ डलर पुगेको छ। चाँदी प्रति औंस ४८.७४ डलर छ।
अघिल्लो दिन सुन प्रति औंस ३९६४.४४ डलर र चाँदी प्रति औंस ४७.५७ डलर थियो।