सुनको मूल्यमा भारी गिरावट, प्रति तोला ११ हजार ६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो



बिजमाण्डू
२०८२ कात्तिक ९ गते १२:४६ | Oct 26, 2025
सुनको मूल्यमा भारी गिरावट, प्रति तोला ११ हजार ६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। सुनको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्य आइतबार प्रति तोला ११ हजार ६०० रुपैयाँ घटेको हो।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको प्रभाव नेपाली बजारमा परेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ आइतबार प्रति तोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकेको छ।

चाँदीको मूल्य प्रति तोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा आइपुगेको छ।

कात्तिक ३ गते सुन प्रति तोला २ लाख ५३ हजार ५०० र चाँदी ३ हजार २८० रुपैयाँका दरले कारोबार भएको थियो।

त्यसको भोलिपल्ट अन्तर्राष्ट्रिय बजारमा भाउ करिब ७ प्रतिशतले घटेकामा महासंघले तिहार बिदा देखाएर नयाँ भाउ तोकेको थिएन।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औँस सुन ४ हजार ११३ र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।