काठमाडौं। असोज १८ गतेको बाढीपहिरोका कारण भएको क्षतिका लागि इन्स्योरेन्स कम्पनीमा ३ अर्ब २६ करोड रुपैयाँको दाबी परेको छ।
इन्स्योरेन्स कम्पनीमा असोज ३० गतेसम्म ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँको इन्स्योरेन्स दाबी परेको बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार १३ वटा निर्जीवन र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा ७०४ वटा बीमाको दाबी परेको हो। सम्पत्ति बीमामा सबैभन्दा धेरै २ अर्ब ७० करोड रुपैयाँको दाबी आएको छ।
बाढीपहिरोका कारण पूर्वी नेपालका जलविद्युत् आयोजनामा क्षति पुगेको थियो।










