जेनजी आन्दोलनमा भएको क्षतिमा २३.२२ अर्ब रुपैयाँ बीमा दाबी, सवा अर्ब रुपैयाँ भुक्तानी



बिजमाण्डू
२०८२ असोज २३ गते ११:५१ | Oct 9, 2025
जेनजी आन्दोलनमा भएको क्षतिमा २३.२२ अर्ब रुपैयाँ बीमा दाबी, सवा अर्ब रुपैयाँ भुक्तानी


काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ।

Vigo
GBIME
Tata

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २२ गतेसम्म डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको बीमा दाबी परेको हो। १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार ९९ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।

निर्जीवन बीमा कम्पनीमा परेको दाबीमा बुधबारसम्म १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ। यो रकम अग्रिम भुक्तानीसहितको हो।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्म २ हजार ७०६ सर्भेयर खटाएका छन्। ३७४ सर्भेयरले प्रतिवेदन पेस गरेका छन्।