आगजनीले सम्पत्ति क्षतिमा बीमा दाबी रकम बढेको बढ्यै, पुग्यो २३ अर्ब ३९ करोड



बिजमाण्डू
२०८२ असोज ८ गते १८:४५ | Sep 24, 2025
आगजनीले सम्पत्ति क्षतिमा बीमा दाबी रकम बढेको बढ्यै, पुग्यो २३ अर्ब ३९ करोड


काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा बीमा दाबी रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ।

Vigo
GBIME
Tata

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्म डेढ दर्जन इन्स्योरेन्स कम्पनीमा २ हजार ९८८ दाबी परेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको दाबी परेको छ। ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।

सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १९ अर्ब रुपैयाँको दाबी परेको छ। मोटर बीमातर्फ ३ अर्ब ६५ करोड रुपैयाँ दाबी परेको छ।

भदौ २४ गते सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।

इन्स्योरेन्समा परेको बीमा दाबी निजी सम्पत्तिको मात्र हो। सरकारी संरचनाको इन्स्योरेन्स छै‌न।