ओलीले मानेनन् देउवाको पनि आग्रह, मन्त्रिपरिषदमा भने : सामाजिक संजाल खुल्दैन



बिजमाण्डू
२०८२ भदौ २३ गते २१:०६ | Sep 8, 2025
ओलीले मानेनन् देउवाको पनि आग्रह, मन्त्रिपरिषदमा भने : सामाजिक संजाल खुल्दैन

काठमाडौं । सामाजिक संजालको प्रतिबन्ध र भ्रष्टचार विरुद्ध जेनजीले गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Tata
GBIME
Nepal Life

आजको प्रदर्शनमा भएको प्रहरी दमनको जवाफ सरकारसँग माग भइरहेको छ। सरकारले १५ दिनभित्र छानबिन सक्ने गरि समिति गठनको निर्णय गरेको हो।

आजको बैठकमा सरकारले प्रतिबन्ध लगाएका सामाजिक संजाल खोल्नेबारे चर्चा भएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्विकार गरेका छन्।

सामाजिक संजाल बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेर भने पनि ओलीले मन्त्रिपरिषद्को बैठकमा निर्णय फिर्ता नलिने अडान सुनाएका हुन्।

‘दर्ता गर्दैनौं भनिरहेका छन्। सामाजिक संजाल खुल्दैनन्। नियमन हुने भएपछि मात्रै खुल्छ,’ ओलीलाई उदृत गर्दै एक मन्त्रीले भने।