बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ व्यवसाय धेरै बढाउनेमा आइएमई, कुनको प्रिमियम कति?



बिजमाण्डू
२०८२ भदौ १३ गते १५:२१ | Aug 29, 2025
बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ व्यवसाय धेरै बढाउनेमा आइएमई, कुनको प्रिमियम कति?

काठमाडौं। बीमा कम्पनीले चालु आर्थिक वर्ष साउनमा व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा जीवन र निर्जीवन बीमा कम्पनीले बीमा शुल्क आर्जन बढाएका हुन्।

Tata
GBIME
Nepal Life

जीवन बीमा कम्पनीले २० अर्ब २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो प्रिमियम रकम पोहोर साउनको तुलनामा ७.७८ प्रतिशत धेरै हो।

कम्पनीहरुले पोहोर साउनमा १८ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ बाहेकका कम्पनीको व्यवसाय बढेको छ।

दुई आर्थिक वर्षको साउनमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क

जीवन बीमा कम्पनी२०८२/८३२०८१/८२फरक %
राष्ट्रिय जीवन बीमा४३३९४६८८-७.४४
नेसनल लाइफ२४१४५२२६५४६.५८
नेपाल लाइफ६१९२६५७१०६८.४४
लाइफ इन्स्योरेन्स कर्पोरेसन२०३९९२०७८१-१.८४
मेट लाइफ५४००५०५६६.८१
एसियन९४८६९२७४२.२९
आइएमई६७०५५४२८२३.५३
सन नेपाल३६५२४४८७-१८.६१
रिलायबल नेपाल५८१८४९९८१६.४१
सिटिजन८५६४७६४११२.०८
सूर्यज्योति१२४५३११२९३१०.२६
सानिमा रिलायन्स७१९५६७६०६.४४
हिमालयन२०२८२१९३३८४.८८
प्रभु महालक्ष्मी६१६९५८७५
स्रोत : नेपाल बीमा प्राधिकरण

नेपाल लाइफले सबैभन्दा धेरै ६ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्षको तुलनामा ८.४४ प्रतिशतले बीमा शुल्क बढाएको हो। आइएमई लाइफले सबैभन्दा धेरै २३.५३ प्रतिशतले प्रिमियम बढाएको छ।

निर्जीवन बीमा कम्पनीले एक महिनामा ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो रकम पोहोर साउनको तुलनामा १.९७ प्रतिशत धेरै हो।

गत वर्ष निर्जीवन बीमा कम्पनीले ४ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी र नेसनल इन्स्योरेन्स बाहेकको व्यापार बढेको छ।

दुई आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क

निर्जीवन बीमा कम्पनी२०८२/८३२०८१/८२फरक %
नेपाल इन्स्योरेन्स२०७१.८२२८८६.१५-२८.२२
ओरियन्टल४१३७.२३२९१०.४४४२.१५
राष्ट्रिय बीमा कम्पनी१६२७.०७२५४६.०७-३६.०९
नेसनल इन्स्योरेन्स२३०६.४७२२७६.५८१.३१
नेको३२०१.३७३१८८.४३०.४१
प्रभु१२७१.४३१०५४.१६२०.६१
शिखर४१५५.११३६८८.०२१२.६७
एनएलजी३४४१.२०२४९८.००३७.७६
हिमालयन एभरेष्ट३६५२.४५३२६०.७६१२.०१
सानिमा जिआईसी२२३६.७११८३९.२२२१.६१
सिद्धार्थ प्रिमियर४१७९.७४४५३२.८८-७.७९
सगरमाथा लुम्बिनी४५५४.२०६३१५.९०-२७.८९
आइजिआई प्रुडेन्सियल३३८१.९०३०६२.२५१०.४४
युनाइटेड अजोड२९६७.७४२५४१.७४१६.७६

सगरमाथा लुम्बिनीले सबैभन्दा धेरै ४५ करोड ५४ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। ओरियन्टलको व्यवसाय सबैभन्दा धेरै ४२.१५ प्रतिशत बढेको छ।