बीमा प्राधिकरणको अध्यक्ष छान्न समिति, फर्जी कागजातमा आँखा चिम्लिएका अधिकारी संयोजक



बिजमाण्डू
२०८२ भदौ १२ गते १८:३३ | Aug 28, 2025
बीमा प्राधिकरणको अध्यक्ष छान्न समिति, फर्जी कागजातमा आँखा चिम्लिएका अधिकारी संयोजक
प्रा. डा. शिवराज अधिकारी र अर्थमन्त्री विष्णु पौडेल


काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सरकारले सिफारिस समिति गठन गरेको छ।

Vigo
GBIME
Tata

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको नेतृत्वमा गठित समितिमा अर्थसचिव घनश्याम उपाध्याय र डा. खोमराज खरेल छन्। खरेललाई विज्ञका रुपमा समितिमा राखिएको हो।

अधिकारी नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा सरकारले गत फागुन १२ गते प्राधिकरणको अध्यक्ष बनेका शरद ओझा ६ महिना पनि काम गर्न नपाइ भदौ २ गते बर्खास्तगीमा परेका थिए।

अनुभवको फर्जी कागजात पेस गरेका कारण उनी बर्खास्त भएका हुन्। सरकारले गठन गरेको न्यायिक समितिले ओझाले फर्जी कागजात पेस गर्नुका साथै उनीसँग प्राधिकरणको अध्यक्षका रुपमा जिम्मेवारीवहन गर्न कार्यक्षमता नै नरहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

ओझालाई बर्खास्तगीमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले प्राधिकरणको अध्यक्षको रुपमा काम गर्दै आएका छन्।