
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चैत २९ देखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
अहिले दोर्दी खोला जलविद्युतको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ। कम्पनीले प्रति कित्ताका अंकित मूल्य १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। बुक क्लोजअघि कायम सेयरधनीले २०८२ वैशाख ८ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गते बुकक्लोज गरेको थियो।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।