घुन्साखोला जलविद्युत आयोजनामा जुट्यो लगानी, लक्ष्मी सनराइज बैंकको अगुवाइमा १२.६९ अर्ब

बिजमाण्डू
२०८१ माघ १४ गते १७:४४ | Jan 27, 2025
घुन्साखोला जलविद्युत आयोजनामा जुट्यो लगानी, लक्ष्मी सनराइज बैंकको अगुवाइमा १२.६९ अर्ब


काठमाडौं। ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत आयोजनामा लगानी जुटेको छ। बैंक तथा वित्तीय संस्थाले लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ६९ करोड ४० लाख रुपैयाँ लगानी गर्ने भएका छन्।

GBIME
Tata

आयोजनाको प्रवर्धक कम्पनी रेमिट हाइड्रो र लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकबीच लगानी सम्झौता भएको छ।

सम्झौता अनुसार लक्ष्मी सनराइज बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ।

यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ३ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, माछापुच्छ्रे बैंकले १ अर्ब ४४ करोड र एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सनराइज बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेकामा ३० प्रतिशत रकम कम्पनीका संस्थापक र आइपीओबाट जुटाइनेछ।

घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ९ गते विद्युत उत्पादन अनुमति पत्र लिइ गत वैशाख २१ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको थियो। आयोजना सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य छ।