ऊर्जामन्त्री खड्काले लिए जलविद्युत आयोजनाबारे ब्रिफिङ, समस्या समाधानको पहल गर्लान्?

बिजमाण्डू
२०८१ साउन १३ गते १९:३६ | Jul 28, 2024
ऊर्जामन्त्री खड्काले लिए जलविद्युत आयोजनाबारे ब्रिफिङ, समस्या समाधानको पहल गर्लान्?


काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलविद्युत आयोजनाबारे ब्रिफिङ लिएका छन्।

GBIME
Tata

उनले सरकारले अगाडि बढाएका आयोजनाबारे आइतबार सम्बन्धित कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर ब्रिफिङ गर्न लगाएका हुन्।

विद्युत उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)का प्रमुख कार्यकारीले आफूले गरिरहेका कामबारे जानकारी गराए।

विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले जगदुल्ला-ए, किमाथांका अरुण, मुगु कर्णाली र नलगाढ आयोजनाबारे ब्रिफिङ गरे। उनले आयोजनाको क्षमता र अहिलेसम्म अगाडि बढेको प्रक्रियाबारे जानकारी गराएका हुन्।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका नेत्रप्रसाद ज्ञवाली र एचआईडीसीएलका अर्जुनकुमार गौतमले पनि कम्पनीले अगाडि बढाएका आयोजनाबारे मन्त्रीलाई अवगत गराए।

मन्त्री खड्काले सबै आयोजनाको ब्रिफिङ लिएपछि आयोजनामा रहेका समस्या समाधानका लागि पहलकदमी लिने बताएका छन्।