आँखुखोला जलविद्युत आयोजनाले १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्ने

बिजमाण्डू
२०८१ असार २० गते १२:४६ | Jul 4, 2024
आँखुखोला जलविद्युत आयोजनाले १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्ने


काठमाडौं। आँखुखोला जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

GBIME
Tata

कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन सम्बन्धि व्यवस्था प्रकाशनका लागि स्वीकृति पाएको छ।

यससँगै जलविद्युत आयोजनाले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भइसकेको छ।

हाल यो आयोजनाको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ।