हिमालयन हाइड्रो एक्स्पोमा एक दर्जन देशका लगानीकर्ता आउने, छलफल ७ वटा सत्रमा

बिजमाण्डू
२०८० चैत्र २९ गते १८:३२ | Apr 11, 2024
हिमालयन हाइड्रो एक्स्पोमा एक दर्जन देशका लगानीकर्ता आउने, छलफल ७ वटा सत्रमा

काठमाडौं। चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिसँग मिलेर गर्न लागेको एक्स्पोकोतयारी अन्तिम चरणमा पुगेको बताएको हो। एक्सपो आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौंमा गर्ने तालिका छ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित गर्न लागिएको एक्स्पो ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने इप्पानको दाबी छ।

सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी दीर्घकालीन सम्झौता गरेको र सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको पृष्ठभूमिमा गर्न लागिएको एक्स्पो देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएको इप्पानको भनाइ छ।

एक्स्पोमा स्वदेशी तथा विदेशी लगानीकर्ता, दातृ निकायका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता, निर्माण व्यवसायी, बैंकर लगायत सहभागी हुनेछन्। एक्स्पोमा एक दर्जनभन्दा बढी देशका लगानीकर्ताको सहभागिता सुनिश्चित भएको इप्पानले जनाएको छ।

एक्स्पोमा दीगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्रमा छलफल गर्ने तयारी छ।