जलविद्युत क्षेत्रका नीतिगत समस्या चाँडै सम्बोधन हुन्छन्: ऊर्जामन्त्री बस्नेत

बिजमाण्डू
२०८० चैत्र २६ गते २०:५७ | Apr 8, 2024
जलविद्युत क्षेत्रका नीतिगत समस्या चाँडै सम्बोधन हुन्छन्: ऊर्जामन्त्री बस्नेत

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् क्षेत्रमा समस्या बल्झाउने उद्देश्य सरकारको नभएको बताएका छन्। मन्त्री बस्नेतले जलविद्युत् क्षेत्रका नीतिगत समस्या चाँडै सम्बोधन हुने पनि बताए।  

Tata
GBIME

इप्पानले सोमबार आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालीन महत्त्व विषयक अन्तरक्रियामा मन्त्री बस्नेतले एकापसमा समन्वय गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले जलविद्युत् क्षेत्रमा देखिएका नीतिगत, वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समेत समाधान गरेर लैजाने सरकारको योजना रहेको बताए। सरकार र निजी क्षेत्र आरोप प्रत्यारोपभन्दा आपसी समन्वयमा जानुपर्ने उनले बताए।

निजी क्षेत्र र राज्यको साझेदारीले मात्र मुलुकले समृद्धि हासिल गर्ने उनले बताए। जलविद्युतको क्षेत्रमा मुलुकले आशा गर्ने ठाउँ रहेको पनि उनले बताए।

पछिल्लो ८ वर्षमा २५ सय मेगावाट विद्युत् उत्पादन भएको र अबको १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने गतिमा सरकार अघि बढेको उनले बताए।

मन्त्री बस्नेतले विकाससँगै वातावरण संरक्षणको महत्त्व पनि बुझ्न आवश्यक रहेको बताए।