एआई बिलिनियर्स : सुपर माइक्रोका संस्थापकदेखि च्याटजीपीटीका अल्टम्यानसम्म

बिजमाण्डू
२०८० चैत्र २१ गते १५:२७ | Apr 3, 2024
एआई बिलिनियर्स : सुपर माइक्रोका संस्थापकदेखि च्याटजीपीटीका अल्टम्यानसम्म


आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) अहिले ‘फूल स्विङ’ मा छ। नयाँ विश्व व्यवस्थामा एआईले क्रान्ति नै ल्याएको छ। परम्परागत औद्योगिक संरचनालाई एआई प्रविधिले विस्तारै प्रतिस्थापन गरिरहेको छ। जसको असर विश्व अर्थतन्त्रमा पर्ने देखिन्छ।

Tata
GBIME
NLIC

एआईको प्रयोग र माग बढ्दा यही प्रविधि निर्माणमा लागेका व्यक्तिहर फोर्ब्स अर्बपतिको सूचीमा अटाएका छन्। सन् २०२४ को बिलिनियर लिस्टमा करिब एक दर्जन त एआई बिलिनियर्स छन्।

अमेरिकाका चार्ल्स लिएङले सन् १९९३ मा सुपर माइक्रो कम्पयुटर कम्पनी बनाएका थिए। हाल उनको कम्पनी एआई र क्लाउड कम्पयुटिङको काम गरिरहेको छ।  उनको कूल नेटवर्थ ६.१ अर्ब डलर रहेको छ।

दक्षिण कोरियाका क्वाक डङ सिनको कूल नेटवर्थ २.९ बिलियन छ। सेमिकन्डकटर बनाउने उनको कम्पनीले चिप निर्माणलाई तिब्रता दिइरहेको छ। एआईको माग बढ्दा कम्पनीको व्यापार बढ्दो छ।

एआईको प्रयोग गरेर कपडा खरिदकर्ता खोज्ने जापानको एम एन्ड ए रिर्चस इन्सटिच्युटका ३३ वर्षीय सनसाकु सगामीको कूल नेटवर्थ १.९ अर्ब डलर छ। यस्तै, अमेरिकाका प्रोडकटीभीटी स्टार्टअप ‘नोसन’का प्रमुख कार्यकारी अधिकर्त इभान जाउ पनि बिलिनियर सूचीमा छन्। उनको कूल नेटवर्थ १.५ अर्ब डलर छ।

अमेरिकाकै ब्रेट एडककको कूल नेटवर्थ १.४ अर्ब डलर छ। उनको कम्पनीले एआईमा आधारित रोबोट निर्माण  गरिरहेको छ। यस्तै, सेमिकन्डक्टर कम्पनीबाट बिलिनियर बनेका अर्का पात्र हुन् लिसा सु। अमेरिकाका उनको नेटवर्थ १.३ अर्ब छ।

क्यानडाका मिचेल जेलान्टको कूल नेटवर्थ १.२ अर्ब रहेको छ। साइबरसेक्युरिटी कम्पनी काम गर्ने उनको कम्पनीले एआई निर्माण गर्न क्लाउड सर्भिस उपलब्ध गराउँछ। साथै, साइबर आक्रमणबाट बचाउन एआईको प्रयोग गर्नेबारे कम्पनीले काम गरिरहेको छ।

च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका साम अल्टम्यान पनि अर्बपतिको सूचीमा छन्। उनको कूल नेटवर्थ १ अर्ब डलर रहेको छ। यस्तै, १ अर्ब डलर सहित बिलिनियर लिस्टमा निभिडियाका हार्बे जोन्स पनि छन्।