महिला अर्बपतिको सूचीमा थपिए ४६ नयाँ अनुहार, ३६९ जना मध्ये टप १० बिलिनियरमा को को परे ?

बिजमाण्डू
२०८० चैत्र २१ गते १४:४१ | Apr 3, 2024
महिला अर्बपतिको सूचीमा थपिए  ४६ नयाँ अनुहार, ३६९ जना मध्ये टप १० बिलिनियरमा को को परे ?


सन् २०२४ मा फोर्ब्सको अर्बपतिको सूचीमा रहेका २ हजार ७८१ जन मध्ये ३६९ जना महिला छन्। यो कूल बलिनियर संख्याको १३.३ प्रतिशत हो।

Tata
GBIME
NLIC

सन् २०२३ मा ३३७ जना महिला बिलिनियर सूचीमा थिए। सन् २०२३ मा सबै महिला बिलिनियरको कूल सम्पत्ति २४० अर्ब डलर रहेकोमा यो वर्ष बढेर १.८ त्रिलियन डलर पुगेको छ।

चार वर्षदेखि लोरिएलकी फ्रान्कोइसे बेट्टनकर्ट मेयर्स महिला बिलिनियरको सूचीको पहिलो स्थानमा छिन्।  गएको १२ वर्षमा उनको कूल सम्पत्ति १९ अर्ब डलरले बढेको छ।

दोस्रोमा वालमार्टकी एलिस वालटन छिन्। उनको कूल नेटवर्थ ७२.३ अर्ब डलर रहेको छ। तेस्रोमा कोच इन्डसट्रिजकी जुलिया कोच र उनको परिवार छ। उनको कूल सम्पत्ति ६४.३ अर्ब डलर छ। चौथोमा मार्स इन्ककी ज्याकलिन मार्स छिन्। उनको कून नेटवर्थ ३८.५ अर्ब छ।

यस्तै, पाँचौंमा  ३५.६ अर्ब डलर नेटवर्थसहित म्याककेनजी स्टक छिन् भने छैटौं नम्बरमा भारतकी सावित्री जिन्डल छिन्। उनको कूल नेटवर्थ ३३.५ अर्ब डलर छ। सातौंमा ३३.१ अर्ब डलरसहित राफेला एपोन्टी डियामेट छिन् भने आठौंमा ३२ अर्बसहित मिरियम एडेलसेन छिन्।

नवौं नम्बरमा ३०.८ अर्ब सहित जिना रिनहार्ट रहँदा दशौं नम्बरमा २९ अर्ब डलर सहित एबिजेल जनसन छिन्।

सन् २०२४ को बिलिनियर सूचीमा ४६ जना नयाँ महिला थपिएका छन्। यो पटक टेलर स्विफटले बिलिनियर लिस्टमा डेब्यु गरेकी छिन्। यस्तै, प्रविधि क्षेत्रबाट मिचेल जेटलिन र लिसा सु पनि बिलिनियर सूचीमा परेका छन्।