माइक्रोसफ्टले एन्ड्रोइडका लागि लञ्‍च गर्‍यो च्याट जीपीटी जस्तै एआइ एप ‘कोपाइलट’

बिजमाण्डू
२०८० पुष ११ गते १२:२६ | Dec 27, 2023
माइक्रोसफ्टले एन्ड्रोइडका लागि लञ्‍च गर्‍यो च्याट जीपीटी जस्तै एआइ एप ‘कोपाइलट’
Photo: Microsoft


माइक्रोसफ्टले एन्ड्रोइडका लागि ‘कोपाइलट’ एप लञ्‍च गरेको छ। चर्को प्रचारप्रसारविनै माइक्रोसफ्टले ‘कोपाइलट’को एन्ड्रोइड भर्सन लञ्‍च गरेको हो

Tata
GBIME
NLIC

यो एप गुगल प्ले स्टोरमा उपलब्ध छ, जसमा बिङ मोबाइल एपको प्रयोगबिना माइक्रोसफ्टको एआई कोपाइलट एक्सेस गर्न सकिन्छ। एन्ड्रोइडमा ‘कोपाइलट’ लगभग एक हप्तादेखि उपलब्ध छ, तर एप्पल आइओएस संस्करण भने अझै उपलब्ध छैन।

एन्ड्रोइडमा उपलब्ध माइक्रोसफ्टको ‘कोपाइलट’ लगभग च्याट जीपीटीसँग मिल्दो जुल्दो छ। यसमा च्याटबटसहित ड्याल-ई थ्रीमार्फत फोटो जेनेरेट गर्न सकिन्छ भने इमेल तथा डकुमेन्टका लागि टेक्स्ट ड्राफ्ट गर्न पनि सकिन्छ।

यसमा ओपन एआइको पछिल्लो भर्सन जीपीटी-४ पनि निःशुल्क चलाउन मिल्छ। जुन च्याटजीपीटीमार्फत चलाउँदा भने शुल्क तिर्नुपर्ने हुन्छ।

माइक्रोसफ्टले बिङ च्याटलाई ‘कोपाइलट’को रुपमा रिब्राण्ड गरेको करिब १ महिनापछि यसको एन्ड्रोइड भर्सन लञ्‍च गरेको हो। माइक्रोसफ्टले यसै वर्षको सुरुवाततिर बिङ सर्च इञ्‍जिनमा नै एआई लञ्‍च गरेको थियो। जसमा सर्च रिजल्टमा नै च्याट जीपीटीको जस्तो इन्टरफेस देख्न सकिन्थ्यो।

त्यसलाई कायमै राखेर माइक्रोसफ्टले बिङ च्याटको ब्रान्डिङलाई प्रतिस्थापन गर्दै कोपाइलटलाई एक छुट्टै ब्राण्डको रुपमा विकास गरेको छ। माइक्रोसफ्टले कोपाइलटलाई छुट्टै डोमेन कोपाइलट डट माइक्रोसफ्ट डट कममा उपलब्ध गराएको छ। जुन धेरै हदसम्म च्याट जीपीटी जस्तै छ।