
काठमाडौं। नवप्रवर्तन व्यवसायका परियोजनाको ढाँचाअनुसार लगानी जुटाउने सम्मेलनका लागि २० वटा कम्पनी प्रतिष्पर्धाको छनोटमा परेका छन्।
पुस ७ गते राजधानीमा हुने नेप्लिज योङ आन्टरप्रेनियर्स एशोसिएसन (एनवाइइएफ) स्टार्टअप अवार्डका लागि १ सय ५० वटा आवेदन गरेका थिए। त्यसबाट छनोटमा परेकाको सूची आयोजक एनवाइइएफले सार्वजनिक गरेको हो।
छनोटमा परेका शीर्ष २० प्रतिस्पर्धीहरूमा स्टार्टअपहरुमा आमाज क्रिएसन, आइफर्बेज टेक, असली हिमाली, अभियान टेक, भूमिनाथ, बिबाबो, ब्लान्सर, डक्टर होम केयर, दूरशिक्षा एजुकेसन, गल्ली एक्सप्रेस, गृहिणी फूड्स, इनटर्न नेपाल, आइडियाप्रेनर, जस्ट चेक, मेरो शिक्षा, पेटमामा, क्विकफक्स, सम्भाव्यता ग्रुप, टावरगानिक्स र युनिभर्सिटी गाइड छन्।
यी स्टार्टअपहरू प्रतिस्पर्धाको अर्को चरणमा पुग्नेछन्। उनीहरुले मेन्टरशिप र परिष्करणको यात्रा सुरु गर्न पाउने छन्। स्टार्टअप अवार्डले स्टार्टअपहरूका लागि लन्च प्याड उपलब्ध गराउने छ।
स्टार्टअप अवार्ड स्वदेशमा केही गर्छु भन्ने उद्यमीहरूका लागि प्रतिस्पर्धासँगै बुट क्याम्प हो। यसमा सहभागीलाई आफ्नो स्टार्टअप व्यवसायमा रूपान्तरण गर्न सघाउँछ।
नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले यो सम्मेलन सुरु भएको हो। स्टार्टअप फेस्टले युवाहरूलाई उनीहरूको स्टार्टअपको सम्भावना पहिचान गर्न सघाएको छ। यो फेस्ट सन् २०२१ मा सुरु भएको हो। एनवाइइएफ स्टार्टअप अवार्डका अघिल्ला विजेताहरू सन् २०२१ मा डाक्टर्स अन कल, २०२२ मा बाइट केयर टेक्नोलोजी (कारोबार एप) र डेलीश डेरी थिए।