भारतमा ‘बाइजुज’माथि ९ हजार करोड भारु अनियमितता गरेको आरोप, इडीले काट्यो पत्र



बिजमाण्डू
२०८० मंसिर ५ गते १५:२९ | Nov 21, 2023
भारतमा ‘बाइजुज’माथि ९ हजार करोड भारु अनियमितता गरेको आरोप, इडीले काट्यो पत्र

शैक्षिक एप बाइजुजलाई भारतको इन्फोर्समेन्ट डाइरेक्टरेट (इडी)ले ९ हजार करोड भारतीय रुपैयाँ अनियमितता गरेको भन्दै कारबाही गर्ने तयारी गरेको छ।

Tata
GBIME
Zonsen

आर्थिक अनियमितताको आरोपमा एजुटेक कम्पनीमाथि भारतको विभिन्न निकायले छानबिन गरिरहेको छ। इडी स्रोतलाई उद्धत गर्दै भारतको इकोनोमिक टाइम्सले फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट उल्लंघनको आरोपमा बाइजुजलाई कारबाही गर्ने तयारी भएको उल्लेख गरेको हो।

इडीले बाइजुजलाई नोटिस पठाएर यसबारेमा जानकारी माग गरिसकेको लाइभ मिन्टले उल्लेख गरेको छ।

यता, बाइजुजले भने आफूहरुले कुनै गलत काम नगरेको र इडीबाट कुनै पनि प्रकारको कारबाहीको पत्र नआएको जनाएको छ।

यता, बाइजुजले भने आफूहरुले कुनै गलत काम नगरेको र इडीबाट कुनै पनि प्रकारको कारबाहीको पत्र नआएको जनाएको छ।

बाइजुजलाई विदेशबाट उठाएको रकमको स्रोतलाई लिएर कारबाही भइरहेको जनाइएको छ। सुमेरा भेन्चर्स, भित्रुभियन पार्टनर्स र ब्ल्याकरकबाट उठाएको रकमबारे विवरण दिन बाइजुजलाई भनिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

इडीले बाइजुजमा सन् २०११ देखि २०१३ सम्म भएको लगानीबारे पनि छानबिन गरिरहेको छ।