क्याटरिङ सेवा दिंदै आएको मिरा बुलानजेरी एण्ड पेटिसरीले सञ्चालनमा ल्यायो आफ्नै आउटलेट

बिजमाण्डू
२०८० भदौ २२ गते १२:५० | Sep 8, 2023
क्याटरिङ सेवा दिंदै आएको मिरा बुलानजेरी एण्ड पेटिसरीले सञ्चालनमा ल्यायो आफ्नै आउटलेट


काठमाडौं। तीन वर्षदेखि बेकरी क्याटरिङ सेवा दिंदै आएको मिरा बुलानजरी एण्ड पेटिसरीले सानेपामा आफ्नै आउटलेट संचालनमा ल्याएको छ। उसले इन्टरनेस्नल क्लबमा १० जना क्षमताको आउटलेट सञ्चालनमा ल्याएको हो।

Tata
GBIME

‘तीन वर्षदेखि हामीले अनलाइन सेवा दिंदै आएका थियौं। अब आफ्नै आउटलेटबाट सेवा दिन सुरु गरेका छौं,’ सञ्चालक शुभान जोशीले भने।        

उनका अनुसार ग्राहकले १० किसिमका बेकरी, १० किसिमका पेस्ट्री र कुकिजको सेवा पाउनेछन्। बेकरीमा हाल क्यापुचिनो, ब्याक फरेस्ट, मन्जारो, चिज, सो स्ट्रबेरी ह्‍वाइट चक्लेट, क्रन्ची जन्डोजा र ह्यान्ड पेन्टेट फ्लोरल रोल्ड गरी सात फ्लेवरका केक पाइन्छ।

१० लाख रुपैयाँको लागतमा सुरु गरेिएको बेकरीमा लगानी करिब ३ करोड रुपैयाँ पुगिसकेको छ। आउटलेटमा करिब ५० लाख रुपैयाँ लगानी गरिएको जोशीले बताए।

एक महिनामा ५० वटा केक बेक गरेर सुरू भएको मिरा बुलानजेरी एण्ड पेटिसरीले पछिल्लो समय मासिक दुई सयभन्दा बढी केक बिक्री गर्दै आएको छ। बेकरीमा जोशीसँगै सुकन्या कक्षपति पनि आवद्ध छिन्।