
काठमाडौं। ट्वीटरले अब लेख/रिपोर्टहरु पढ्न चाहनेका लागि स-शुल्क सेवा सुरु गर्ने भएको छ। सञ्चारमाध्यमहरुका साइटको लिंकमा ट्वीटरबाट जाँदा शुल्क तिर्नेले सजिलै पढ्न पाउने व्यवस्था गर्न लागेको हो।
क्लिककका आधारमा प्रति लेख शुल्क लाग्नेछ। यसका लागि ट्वीटरले सञ्चारमाध्यमहरुसँग सहकार्य गर्ने जनाएको छ। कम्पनीका सीइओ इलन मस्कले यो कदम सेवाग्राही र मिडिया संस्थाहरू दुवैको हित हुने पनि बताएका छन्।
ट्वीटरले यो सुविधा मे महिनामा लञ्च गर्ने भएको छ। यो सुविधाको प्रयोग गरेर मासिक सब्सक्रिप्सनका लागि साइन अप नगर्ने ट्वीटर प्रयोगकर्ताहरूले कहिलेकाहीँ लेख पढ्न चाहँदा प्रति लेख मूल्य तिरेर पढ्न सक्नेछन्।
शुक्रबार मस्कले ट्वीटर खरिद गरेको पहिलो वर्ष पुरा गरेपछि कन्टेन्ट सब्सक्रिप्सनमा १० प्रतिशत हिस्सा लिने घोषणा गरेका थिए। कम्पनीले पहिलो १२ महिनाको लागि यो हिस्सा कटौती नगर्ने उल्लेख गरेको छ। यी सदस्यताहरूमा लङ फर्म टेक्स्ट र घण्टा-लामो भिडियो समावेश छ।
गत अक्टोबरमा सामाजिक सञ्जाल फर्मको जिम्मेवारी लिएपछि, मस्कले आम्दानी बढाउन आक्रमक रूपमा प्लेटफर्ममा र संगठनात्मक विभिन्न परिवर्तनहरू ल्याएका छन्। कम्पनीले स-शुल्क सेवाको रूपमा ट्वीटर-भेरिफाइड ब्लु टिक रोल आउट गर्यो र करिब ८० प्रतिशत कर्मचारी पनि कटौती गर्यो। (एजेन्सीबाट)