ट्‍वीटरले प्रयोगकर्ताहरूलाई टेक्स्ट म्यासेजमार्फत खाता सुरक्षित गर्न शुल्क लिँदै

२०७९ फागुन ७ गते १०:५७
ट्‍वीटरले प्रयोगकर्ताहरूलाई टेक्स्ट म्यासेजमार्फत खाता सुरक्षित गर्न शुल्क लिँदै


काठमाडौं। ट्‍वीटरले ब्लु टिक सस्क्राइबरहरूका लागि मात्र आफ्नो अकाउन्ट सुरक्षित गर्न टु-फ्याक्टर भेरिभिकेसन विधिको रूपमा टेक्स्ट सन्देशहरू प्रयोग गर्न दिने भएको छ। यो परिवर्तन मार्च २०, सन् २०२३ बाट लागु हुनेछ।

TATA
GBIME

मार्च २० पछि, ‘ट्‍वीटर ब्लू टिक सस्क्राइबरहरूले मात्र  टेक्स्ट सन्देशहरू  टु-फ्याक्टर भेरिभिकेसन विधि प्रयोग गर्न सक्नेछन्,’ कम्पनीले ट्‍वीटमार्फत जानकारी दियो।

टु-फ्याक्टर भेरिभिकेसन अर्थात ट्‍वीटर अकाउन्टहरूलाई अझ सुरक्षित बनाउनको लागि, अकाउन्ट होल्डरलाई पासवर्डको अतिरिक्त दोस्रो प्रमाणीकरण विधि प्रयोग गर्नुपर्ने हुन्छ। टु-फ्याक्टर भेरिभिकेसन ट्विटरले टेक्स्ट सन्देश, भेरिभिकेसन एप र सुरक्षा किमार्फत  गर्न सकिन्छ।

कम्पनीको ट्वीटमा लिंक गरिएको बुधवारको पोस्ट अनुसार  फोन-नम्बरमा आधारित टु-फ्याक्टर भेरिभिकेसन ‘खराब मानिसहरू’ द्वारा दुरुपयोग भइरहेको छ।

ट्‍वीटरको यस कदम पछाडिको कारणलाई अनुमान गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘कम्पनीले नीति परिवर्तन गरिरहेको छ किनभने टेलकोसले टु-फ्याक्टर भेरिभिकेसन अन्तर्गतको एसएमएस पम्प गर्न बट खाताहरू प्रयोग गर्‍यो, जसका कारण कम्पनीलाई  वार्षिक ६० मिलियन अमेरिकी डलर घाटा भइरहेको छ।’

यस अनुमानलाई ट्‍वीटरका मालिक इलन मस्कले ट्‍वीटको जवाफमार्फत पुष्टि गरेका छन्। उक्त प्रयोगकर्ताको ट्‍वीटमा मस्ले ‘हो’ भन्दै रिप्लाइ गरेका छन्।

पहिले राजनीतिज्ञ, प्रसिद्ध व्यक्तित्व, पत्रकार र अन्य सार्वजनिक व्यक्तित्वहरुको प्रमाणित खाताहरुका लागि ट्‍वीटरले नि: शुल्क ब्लु टिक मार्क दिने गरेको थियो। अब शुल्क भुक्तान गर्ने जो कोहीका लागि कम्पनीले टिक मार्क दिने बाटो पनि खुला गरेको छ।

गत महिना, ट्‍वीटरले आईओएस ग्राहकहरूको लागि जस्तै एन्ड्रोइडका लागि ट्‍वीटर ब्लु सब्स्क्रिप्सनको मूल्य प्रति महिना ११ डलरमा लिने बताएको थियो। (रोयटर्सबाट साभार)


Sunrise Bank