युट्यूबमा सीइओ परिवर्तन, सुसन डायना वोज्सिकीको ठाउँमा नील मोहनको पदोन्नति

बिजमाण्डू
२०७९ फागुन ५ गते १५:२१ | Feb 17, 2023
युट्यूबमा सीइओ परिवर्तन, सुसन डायना वोज्सिकीको ठाउँमा नील मोहनको पदोन्नति

काठमाडौं। भारतीयका मूलका नील मोहन यूट्यूबका नयाँ सीइयो नियुक्त भएका छन्। यस अघि युट्यूबको वरिष्ठ विज्ञापन तथा उत्पादन कार्यकारीका रूपमा आबद्ध नील मोहनले सुसन डायना वोज्सिकीको स्थान लिदैँ छन्।

Tata
GBIME
Nepal Life

युट्युबका प्रमुख कार्यकारी र गुगलको पहिलो कर्मचारीमध्ये एक, सुसन डायना वोज्सिकी, लगभग २५ वर्ष पहिले उनको नै ग्यारेजमा सुरु भएको टेक जायन्टबाट बाहिरिँदै छिन्। 

५४ वर्षीया वोज्किकीले आफ्नो परिवारसँग बढी समय बिताउन तथा आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिनका लागि पद छाडेको बताएकी छन्। उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।

वोज्किकीलाई उनका डेपुटी नील मोहनले प्रतिस्थापन गर्नेछन्। नील मोहन सन् २००८ मा गुगलमा आबद्ध भएका हुन्। उनलाई कम्पनीले सन् २०१३ मा आकर्षक बोनस दिएको थियो।

यो परिवर्तन टिकटक तथा फेसबुकको रिल्स जस्ता स्रट फर्म भिडियो प्लेटफर्म र नेटफिलिक्स जस्तो स्ट्रिमिङ सेवाहरूसँगको कडा प्रतिस्पर्धासँग जुधिरहेको यूट्यूबको विज्ञापनबाट आम्दानी लगातार दोस्रो त्रैमासमा घटेको कारण आएको धेरैको प्रक्षेपण छन्।

स्ट्यानफोर्डबाट स्नातक मोहन सन् २०१५ मा युट्यूबको मुख्य उत्पादन अधिकारी रूपमा नियुक्त भएका थिए। उक्त पदमा हुँदा उनले शॉर्ट्स, म्यूजिक, सब्सक्रिप्सन प्रस्तावहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरेका थिए।

उनले यसअघि सन् २००८ मा गुगलले अधिग्रहण गरेको कम्पनी डबलक्लिकमा करिब ६ वर्ष बिताए र पछि गुगलमा डिस्प्ले र भिडियो विज्ञापनको वरिष्ठ उपाध्यक्षको रूपमा करिब आठ वर्ष काम गरे।