
काठमाडौं। होम इन्सपेक्सन सर्भिस प्रदायक, स्टार्टअप कम्पनी ‘स्किल सेवा’ले चितवनमा पनि शाखा खोलेको छ।
पाँच वर्षदेखि उपत्यकाका काठमाडौ,भक्तपुर र ललितपुरपछि पोखरामा शाखा खोलेको थियो। सेवा विस्तारको क्रममा चितवन भरतपुरको हाकिम चोकमा शाखा खोलेको हो।
कम्पनीका अनुसार सय भन्दा बढी घरधनीले सेवा लिन अग्रिम बुकिङ गरेका छन्। कम्पनीका सेल्स प्रमुख सफल प्रधानले चितवनमा व्यापार देखेर शाखा खोलेको बताए। कम्पनीमा करिब चार सय पार्ट टाइम र ८० भन्दा बढी पूर्णकालिन कर्मचारी छन्।
तीस हजार घरहरूमा सेवा प्रदान दिइसकेको कम्पनीले मुलुकका अन्य मुख्य शहरहरुमा पनि शाखा विस्तार गर्ने जनाएको छ।
कम्पनीको सेवा लिन कम्तिमा ५ दिन अघिनै बुक गर्नुपर्छ। बुकिङ निश्चित भएसँगै मिति र समयमा इन्जिनियरहरू होम इन्सपेक्सनका लागि पुग्नेछन्। घर इन्सपेक्सन गरेकाे ४८ घण्टा भित्र घरधनीले एउटा रिपाेर्ट पाउनेछ।