१० लाख डलर पुँजी सहयोग दिलाउने इनोप्रेनियर्स स्टार्टअपको नवौं संस्करण हुँदै, खुल्यो आवेदन

बिजमाण्डू
२०७९ माघ २ गते ११:२५ | Jan 16, 2023
१० लाख डलर पुँजी सहयोग दिलाउने इनोप्रेनियर्स स्टार्टअपको नवौं संस्करण हुँदै, खुल्यो आवेदन

काठमाडौं। नयाँ तरिकाको व्यवसायलाई सघाउने पुरस्कार र पुँजी सहयोग दिलाउने इनोप्रेनियर्स स्टार्टअप प्रतियोगिताको नवौं संस्करण आयोजना हुने भएको छ। नयाँ सिजनका लागि नेपाल पिचिङ राउण्ड आवेदन खुलेको छ।

Tata
GBIME
Nepal Life

भारतको स्टार्टअप इकोसिस्टम प्रवर्द्धनका लागि काम गर्दै आएको कम्पनी लेमन आइडियाजले अन्तरप्रेरणासँगको सहकार्यमा नेपाली स्टार्टअपहरूको लागि पनि आवेदन खुलाएको हो।

कुनै पनि नवीनतम आइडिया वा मिनिमल भाइबल प्रोडक्ट वा चलिरहेका स्टार्टअपहरूले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने जनाइएको छ।

यो पिचिङ राउण्ड अनलाइन हुने आयोजक जानकारी गराउँछन्।

लेमन आइडियाजले सन् २०१४ मा यो वार्षिक प्रतियोगिता ‘इनोप्रेनियर्स’ सुरु गरेको थियो। स्टार्टअप प्रतियोगिताको नवौं संस्करणको आवेदन खुलेको हो।

प्रतियोगितामा भारत तथा नेपाल, भुटान, युगान्डा, माल्दिभ्स, अमेरिकी, र अन्य धेरै देशहरूबाट थुप्रै स्टार्टअपहरूले भाग लिने गरेका छन्।

यो प्रतियोगिता ५० बढी पिचिङ राउन्डहरू हुनेछन्, जुन ६ महिनासम्म चल्नेछ। प्रत्येक पिचिङ राउन्डका शीर्ष विजेताहरू शीर्ष १५० लीगमा प्रवेश गर्न पाउनेछन्। त्यसपछि भने यी टिमहरूले प्री-फाइनल र फाइनल राउन्डहरूमा पुरस्कार र अन्य सुविधाहरूका लागि प्रतिस्पर्धा गर्नेछन्।

बायो टेक्नोलोजी, पर्यटन,क्लाउड, एआई, एमएल, डाटा विज्ञान, सामाजिक प्रभाव, शिक्षा, वातावरण र सस्टेनेबिलिटी, इ-कमर्स, वेब ३.०, ऊर्जा, निर्माण, कृषि, स्वास्थ्य सेवा लगायत अन्य क्षेत्रमा काम गर्नेहरूको आवेदन स्वीकार गर्नेछन्।

प्रतिस्पर्धाका विजेताहरूले १५ हजार डलरको पुरस्कार, १० लाख डलरको फण्डिङ सपोर्ट, मेन्टरिङको अवसरहरू, कर्पोरेट टाइज, भारत बजारमा प्रवेश गर्ने अवसर, इन्क्युबेसन तथा नेटवर्किङ अवसरहरू प्राप्त गर्नेछन्।