सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश, ९ प्रतिशत नगद दिने, बोनस सेयर प्राथमिकतामा परेन




काठमाडौं। सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। पोहोर बैंकले १६ प्रतिशत लाभांश दिएको थियो।



लाभांश घोषणा गर्ने सिटिजन्स पहिलो बैंक बनेको छ। गत बर्षको नाफाबाट अरु बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन्।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले ९ प्रतिशत नगद नै दिने छ। 

राष्ट्र बैंकले नगद लाभांशमा लगाएको क्याप चालु आवको मौद्रिक नीतिबाट हटाएपछि बैंकहरु नगद लाभांश दिने भएको हो।

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने एक अर्ब २८ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell