एक्सलमा कसरी बनाउने खरिद र बिक्री खाता ? राजस्व विभागले यस्तो बनायो नमुना

बिजमाण्डू
२०७८ साउन ३२ गते ११:०१ | Aug 16, 2021
एक्सलमा कसरी बनाउने खरिद र बिक्री खाता ? राजस्व विभागले यस्तो बनायो नमुना

काठमाडौं। आन्तरिक राजस्व विभागले खरिद र बिक्री खाताको नमुना सार्वजनिक गरेको छ। आर्थिक अध्यादेशले कम्प्युटर प्रणाली एक्सलबाट खरिदबिक्री खाता बुझाउन भनेपछि विभागले नमुना बनाएको हो। 

Tata
GBIME
Nepal Life

विभागले खरिद खाता र बिक्री खाताको छुट्टाछुट्टै नमुना बनाएको छ। नमुना अनुसार १४ कोलममा खरिद खाता निर्माण गर्नुपर्नेछ। जसमा बिजक प्रज्ञापन नम्बर, करयोग्य खरिद (पुँजीगत बाहेक) करयोग्य पैठारी (पुँजीगत बाहेक) पुँजीगत करयोग्य पैठारी गरी ४ वटा महलमा छुट्याइएको छ। 

यस्तै बिक्री खातामा पनि १४ कोलममा रहनेछ। जसमा बीजक करयोग्य बिक्री र निकासी छन्। चालु वर्षदेखि ५ करोड भन्दा बढी वार्षिक कारोबार गर्ने करदाताले अनिवार्य रूपमा एक्सलमा खरिदबिक्री खाता बुझाउनु पर्नेछ। यसको लागि विभागले १४ हजार ८० करदातालाई सुरुवाती चरणमा बुझाउन भनेको छ।