'महाजीले 'बिग मर्जरको कुरा छ, रि-थिंक गर्नुस्' भन्नुभएको थियो', रत्नराज बज्राचार्यको अन्तर्वार्ता




महाजीसँग मेरो कुरा भएकै हो। उहाँले 'तपाईं कतै जाने हो' भनेर सोध्नुभएको थियो। तर मैले 'म ६५ वर्षमा आनन्दसँग रिटायरमा बसेको छु' भनेँ। जवाफमा उहाँले हामी बिग मर्जरको पनि कुरा गरिरहेका छौं, यसैले सरले रि-इन्ट्री गर्नुपर्ने अवस्था छ, रि-थिंक गर्नुस् न भन्नुभएको थियो। तर म त्यतिबेला चुप लागेरै बसेको थिएँ, कसैलाई यो निर्णय गरिदेउ, त्यो निर्णय गरिदेउ भनिँन। राष्ट्र बैंकको गभर्नरलाई हात समातेर यसो गरिदेउ भनेर दबाब दिने अवस्था पनि थिएन।

---

रत्नराज बज्राचार्य नेभर रिटायर्ड बैंकर। उनी सनराइज बैंकबाट बिदा भएपछि बैंकिङ करियरमा फेरि फर्केलान् भनेर कमैले सोचेका थिए। उनी आफैं पनि बैंकिङ क्षेत्र फर्किने आकांक्षा र सोच राखेका थिएनन्।

२० वर्ष राष्ट्र बैंकमा काम गरेर बाहिरिएका र विभिन्न निजी क्षेत्रका बैंक सुधारेका उनलाई गभर्नर महाप्रसाद अधिकारीले नै आग्रह गरे। गभर्नर अधिकारीको आग्रहलाई रत्नराजले नकार्न सकेनन्। र, फेरि बैंकिङ क्षेत्रको कमान्ड सम्हाल्न ग्लोबल आइएमई बैंकमा सीईओका रूपमा आएका छन्। उनै रत्नराजलाई बिजमाण्डूका मधुकर दाहालले सोधे- पहिला बैंकहरुले वर्षभरिमा अर्ब कमाउँदा मिडियाका हेडलाइन हुन्थे। तर अहिले एउटै त्रैमासमा अर्ब होइन 'कति अर्ब कमाउने' भन्ने प्रतिस्पर्धा बैंकहरुबीच हुन थाल्यो, होइन ?

यसलाई प्रतिस्पर्धाका रूपमा लिनु भएन । यो एउटा बिजनेसको साइज हो। जस्तै, सन् २०१४ मा सबै (वाणिज्य) बैंकहरुको पुँजी दुई अर्बको आसपास थियो।

TATA
Safety
TVS

त्यतिबेला राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले दुईलाई आठ अर्ब पुँजी बनाउनुपर्ने व्यवस्था गरेपछि 'त्यो साइज धेरै ठूलो भयो, पुर्‍याउन सकिँदैन' भन्नेहरु पनि थिए। तर त्यो संशय २-३ वर्षमै घटेर गयो नि। सन् २०१६ मा त्यो नीति आएको थियो। २०२१ मा आइपुग्दा त्यति पुँजीले पनि अब लगभग नपुग्नेजस्तो भइसक्यो।

यसैले ज-जसको नाफा अर्ब-अर्ब नाघ्यो भन्ने कुरा तपाईं गर्दै हुनुहुन्छ, त्यसलाई बिजनेसको साइजको आधारमा तुलना गरेर हेर्नुपर्ने हुन्छ । जस्तै, ग्लोबलको वासलात (ब्यालेन्स शीट) पहिले मैले छोडेर जाँदा नै ६० अर्बको थियो, फर्केर आउँदा २३० अर्ब हाराहारीको थियो, आज २५० अर्बको पुगेको छ। हाम्रो डिपोजिट नै अहिले २६० अर्ब छ। लोन झन्डै २३६ अर्ब पुगेको छ। हाम्रो मात्र नभएर हरेक बैंकको वासलातको साइज अहिले सय-डेढ सय अर्बको हुनु सामान्य भइसकेको छ। त्यसकारण हिजो वर्षभरिमा अर्ब कमाउनेले आज एउटै क्वाटरमा केही अर्ब कसरी कमाउँछन् भन्ने विषय बैंकहरुको बिजनेस साइजले निर्देशित (गभर्न) गर्ने कुरा हो। बिजनेस नै ठूलो भइसकेपछि नाफा वर्षमा होइन, क्वाटर-क्वाटरमा अर्बमा जान्छ नि। यसो हुँदाहुँदै पनि सबैभन्दा राम्रो कुरा के हो भने बैंकहरुले नाफाको दर (प्रोफिट्याबिलिटी) कायम राखेका छन्।

ब्याज आम्दानीको झन्डै ६० प्रतिशत हामी निक्षेपकर्ताहरुलाई दिइराखेका छौं। खुद ब्याज हाम्रो ४२% जति छ, नबिलको ४३% जति होला, अलिक साना बैंकहरुमा त्यो ३०-३२ प्रतिशत पनि छ। भनेको - खुद ब्याज आम्दानी जति सानो हुँदै जान्छ, नाफा खुम्चिँदै जान्छ। यस्तै, नन-फन्डेड आय (सर्भिस इन्कम) मा कसले राम्रो गरिरहेको छ भन्ने कुराले पनि सामान्यतया नाफालाई निर्देशित गर्छ।

त्यसो हुँदा आज हामीले ३-४ अर्ब नै कमाएको अवस्थामा पनि त २३५-२४० अर्ब रुपैयाँको कर्जामा एक प्रतिशत मात्र खराब कर्जा बढ्यो भने दुई अर्ब त तुरुन्तै जान्छ। यसकारण नाफा भनेको भ्रम (इलुजन) मात्रै हो। बैंकले कत्तिको आफ्नो सम्पत्तिलाई व्यवस्थापन गर्न सकिरहेको छ भन्नेमा त्यो निर्भर हुन्छ। सम्पत्ति व्यवस्थापनमा कहिँ कतै चुकेर एक प्रतिशत मात्र एसेट्सको क्वालिटी खस्कियो भने ६ महिनामा कमाएको नाफा एकैचोटीमा जान्छ।

त्यसैले कति नाफा-घाटा भयो भन्नुभन्दा 'बिजनेसको साइज जुन हिसाबले बढेर गएको छ त्यसअनुरुप नेपालको कुल अर्थतन्त्रमा हामीले फर्मल सेक्टरमा लैजानसक्ने चिज के बाँकी रह्यो त, सम्पूर्ण बैंकिङ क्षेत्र मिलेर अर्थतन्त्रका अनौपचारिक क्षेत्रलाई औपचारिकमा ल्याउन के प्रयास गरे त' भन्ने अर्थमा सोच्नुपर्छ।

दुई अर्बबाट आठ अर्ब पुँजी बनाइसकेपछि कुनैपनि बैंकको ९-१० अर्बभन्दा घटीको पुँजी छैन । त्यसका आधारमा उनीहरुले सय-सय अर्बको बिजनेश त गर्नैपर्यो । सय अर्बको बिजनेश गर्दा एक प्रतिशत पनि नाफा नकमाइ उसले काम गरिराख्नुपर्छ भन्ने हो भने बैंक कसरी सस्टेन हुन्छ ?

---

तर मान्छेहरुको आँखामा त यो बैंकले यति अर्ब कमायो, बैंकहरु सुदखोर भए भन्ने नै आरोप छ नि त ?

त्यो त तपाईं (मिडिया) हरुले गिमिक बनाएको हो नि। जुन किसिमको मिडियाबाजी भयो त्यसबाट व्यापारीले सोच्यो - हामीले १० करोड कमाउन सकेको छैन, बैंकले अर्ब कमायो ! 

तर १० करोड कमाउनेले कति पुँजी हालेको छ, त्यो हेरौं। हाम्रो आज पुँजी ३० अर्ब छ। ३० अर्बको पुँजी हुँदा नौ महिनामा हामीले वितरणयोग्य नाफा कमाएको भनेको २ अर्ब ५८ करोड हाराहारी होला। यो पूरै लाभांश दिएको अवस्थामा पनि १० प्रतिशत प्रतिफल हुँदैन। अब यो वर्षको तीन महिना बाँकी छ। यो अवधिमा अहिलेकै रफ्तारले गयो भने १२-१३ प्रतिशत लाभांश दिन सकौंला। त्यो भनेको त आम्दानी नै होइन नि।

१० करोड रुपैयाँ हालेर कसैले २ करोड कमायो भने त्यो भनेको २० प्रतिशत रिटर्न हुन्छ, तर उसले भन्दैन, कसैलाई थाहा पनि हुँदैन। तर हामी सबै कुरा सार्वजनिक गर्छौं। त्यसो गर्दा पनि हाम्रो वासलातको आकार कत्रो छ, पुँजी कति छ, पुँजीमा प्रतिफल (रिटर्न अन क्यापिटल) कति छ कसैले हेर्दैन। खाली अर्ब कमाएको मात्र देख्छ। मान्छेमा बैंकहरु सबै अर्ब-अर्ब कमाउनतर्फ दौडिए भन्ने छ।

दुई अर्बबाट आठ अर्ब पुँजी बनाइसकेपछि कुनै पनि बैंकको ९-१० अर्बभन्दा घटीको पुँजी छैन। त्यसका आधारमा उनीहरुले सय-सय अर्बको बिजनेस त गर्नैपर्‍यो। सय अर्बको बिजनेस गर्दा एक प्रतिशत पनि नाफा नकमाइ उसले काम गरिराख्नुपर्छ भन्ने हो भने ऊ कसरी सस्टेन हुन्छ? यसकारण बैंकले २५०-३०० अर्बको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी र जोखिम लिएर ३ अर्ब कमाउँछ भने उसले एक प्रतिशत हाराहारी मात्र त कमाएको हो नि। त्यसैले मेरो तपाईंहरुलाई अनुरोध, बैंकको ब्यालेन्स शीटको साइजको आधारमा उसले कति र कसरी कमायो भन्ने दृष्टिबाट पनि विश्लेषण गरिदिनु होला। यो हिसाबले गयो भने मान्छेमा बैंकलाई सुदखोरका रूपमा हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेछ।

बैंकहरुले वर्षमा औसत १५ देखि २० प्रतिशतले मात्र बिजनेस बढाउन सक्छन् । आज वाणिज्य बैंकहरुको कुल कर्जा ३४०० अर्ब छ भने १५ प्रतिशतले मात्र त्यसमा वृद्धिका लागि ५०० अर्बभन्दा बढीले बिजनेस बढाउनुपर्छ। ५०० अर्बको बिजनेस बढाउन त ५० अर्ब पुँजी पनि थप्नुपर्‍यो नि। त्यो पुँजी कहाँबाट आउँछ? भन्नुको मतलब, त्यो पुँजीलाई बैंकले आम्दानीबाटै सस्टेन गर्न सक्नुपर्‍यो। हरेकपटक बिजनेस बढाउनका लागि पुँजी वृद्धि गर्नुपर्‍यो भन्दैमा मैले आफ्नो प्रोमोटर र सेयरधनीहरुकहाँ गएर 'पुँजी थपिदेउ, बिजनेस बढाउनुपर्‍यो' भन्ने कुरा हुँदैन । यसैले बैंकहरुले व्यवसायमा टिक्न र अगाडि बढ्न भएकैबाट नाफा कमाउने, त्यसैबाट सस्टेन हुने, रिटेन गर्ने र अगाडि जाने गर्नुपर्छ।  

अन्य मुलुकमा कोभिडका दौरान जुन स्टिमुलस प्याकेज आयो त्यो भिन्न छ । तर यहाँ बैंकिङ च्यानललाई त्यस्तो प्रोत्साहन वितरणमा प्रयोग मात्र गर्ने होइन कि बैंककै प्रणालीलाई नै प्रयोग गरेर स्टिमुलस प्याकेज कार्यान्वयनको काम गरियो ।

---

तर हरेक संकटको अवस्थामा पनि बैंकले चाहिँ कमाउनैपर्छ भन्ने मान्यता ठिक हो र ?

कहाँ कमाइरछ भन्या ! यसपालिको कोभिडमा स्टिमुलस सबै बैंकहरुले नै दिएको होइन ?

त्यो त बैंकहरुले आफ्नै खाताबाट निकालेर दिएको होइन, तपाईंहरुले निक्षेपकर्ताको पैसा ऋणीलाई दिएको त हो...

छैन छैन... त्यस्तो छैन। एउटा कुरा भनौं तपाईंलाई, राष्ट्र बैंकले सुरुमा १० प्रतिशत ब्याज छुट (पाकेको ब्याज रकममा) देऊ भन्यो, यसमा ४०-४५ करोड रुपैयाँ यही बैंकको गयो। पछि आएर २% ब्याज घटाइदेउ भन्यो, ९० करोड यहीँबाट गयो। फेरि कर्जा पुनर्तालिकीकरण (रिस्केज्युअल) गर भन्यो, ब्याजको ५ प्रतिशत पैसा लिएर ९५% प्रतिशतलाई हामीले पुनर्तालिकीकरण गर्‍यौं। तैपनि त्यो ९५ प्रतिशतमा हामीले ब्याज तिर्‍यौं।

अहिले एनएफआरएस अनुसारको वित्तीय रिपोर्टमा आम्दानी सबै एक्रुअल बेसिसमा अकाउन्टिङ गर्नुपर्छ। अब राष्ट्र बैंकले पाँच प्रतिशत मात्रै पैसा लिएर बाँकी सबै पुनर्तालिकीकरण गर भन्छ, त्यो बाँकी ९५ प्रतिशत कहिले आउँछ भन्ने थाहा छैन, तैपनि त्यसलाई आम्दानी मानेर कर तिर्नुपर्ने हुन्छ।

अन्य मुलुकमा कोभिडका दौरान जुन स्टिमुलस प्याकेज आयो त्यो भिन्न छ। तर यहाँ बैंकिङ च्यानललाई त्यत्रो प्रोत्साहन वितरणमा प्रयोग मात्र गर्ने होइन कि बैंककै प्रणालीलाई नै प्रयोग गरेर स्टिमुलस प्याकेज कार्यान्वयनको काम गरियो। त्यसमा सबै बैंकले साथ पनि दिए।

कुरा नाफाको मात्र नभएर अहिले बैंकहरुबीच कसले सबैभन्दा ठूलो झन्डा लिएर आगाडि हिँड्ने भन्नेमा पनि होडबाजी देखिन्छ नि ?

खासमा हामी सबैले बनाएको हो यस्तो अवस्था। म सामान्य बिजनेस गरिरहेको छु र यसो भइरहँदा कसरी सस्टेन हुने (टिक्ने) भन्नेमा गइरहेको छु। तर यस्तो किसिमले बैंकको साइजलाई राम्ररी ध्यान नदिई खाली अरु अंकलाई मात्र लिएर ठूलो इश्यु बनाउँदा तपाईंले भनेजस्तो अवस्था देखिएको हो।

ग्लोबल आईएमई आफैं पनि त अब तिनै अंककै लागि बढी परिचित हुन थाल्यो। जबकि, तपाईंहरु बिजनेस ग्रोथबाट भन्दा पनि धेरैवटा मर्जरबाट बैंकहरुको लाइनमा अगाडि आउनुभएको होइन ?

त्यो कुरा बेग्लै भयो । हामी कसरी ठूलो भयौं भन्नु र ठूलो भइसकेपछिको बिजनेस स्ट्राटेजी के हो भन्ने कुरा फरक हो। हामीले ५-६ वटा मर्ज गर्‍यौं होला। तर हामीले मर्ज गरेकामा पनि अरु वित्तीय संस्थाहरु समेत मर्ज भएको गरेर आजको ग्लोबल आईएमई बैंकभित्र १८ वटा बैंक तथा वित्तीय संस्थाहरु समेटिएका छन्। यसैले एक मानेमा ग्लोबल आईएमईलाई प्रशंसा गर्ने र स्याबासी दिने कहाँ हो भने विभिन्न कल्चरबाट आएका ती १८ संस्थालाई ल्याएर पनि हामी ग्रो गर्न सफल भएका छौं नि त।

यो मर्जरले ग्लोबल आईएमई बैंकलाई साँच्चिकै सिनर्जी दियो त ?

दिएर त यहाँसम्म आइपुगेका छौं।

ग्लोबल आईएमई बैंकलाई ५०० अर्बको बैंक बनाउने हाम्रो योजना छ । निक्षेप आज २६० अर्ब छ भने यसलाई बढाएर कम्तिमा ५०० अर्ब बनाउने हो । कर्जा आज २३७ अर्ब हाराहारी छ भने त्यसलाई ४५० अर्ब पुर्‍याउने हो । यसमा मैले कुनै मर्जरसहितको कुरा गरिरहेको छैन । यो अबको चार वर्षभित्रको योजना हो, र हाम्रो लागि त्यो सम्भव छ । 

---

यो सिनर्जी अंकमा मात्रै हो कि गुणस्तरीय बैंकिङका आधारभूत कुराहरुमा पनि प्राप्त भए ?

हाम्रा शाखाहरुमा हेर्न जाउँ न त... । अहिले बजारमा ग्लोबलमा जत्तिको ग्राहकको भीड कुनैपनि बैंकमा हुँदैन। किनभने हामी जुन किसिमको सर्भिस दिन्छौं, जस्तो ब्रान्डिङ गरिरहेका छौं, त्यसैका आधारमा सबै ग्राहक हाम्रो सेवामा पनि सन्तुष्ट छन्। त्यतिका धेरै मर्जर गरेर पनि आज राम्रो हुन त पहिले ती संस्थासँग भएका ग्राहक वा बिजनेसलाई पनि हामीले टिकाएर राख्न सक्नुपर्‍यो नि।

जस्तै, जनता बैंकसँग हामी मर्ज भयौं । जनताले ८०-९० अर्बको बिजनेस ल्याएको थियो होला। पहिले जनतासँग काम गरिरहेका ग्राहक ग्‍लोबलमा जनता मर्ज भइसकेपछि पनि यहीँ टिकाउन नसकेको भए ५०-६० अर्ब निक्षेप अन्तै जान्थ्यो होला। वाणिज्य बैंक मात्र होइन, साना साना फाइनान्स कम्पनीहरु मर्ज भएर आउँदा समेत उनीहरुका ग्राहक हामीसँगै बसे, अरु फाइनान्समै सरेनन्।

जबकि फाइनान्सले निक्षेपमा दिने ब्याज हामीले दिनेभन्दा बढी हुन्छ। ग्लोबलले कम ब्याज दिँदादिँदै पनि बस्नुको अर्थ हामीले उनीहरुलाई टिकाउन सकेर हो र यो हाम्रो ब्रान्डप्रति उनीहरुको आत्मविश्वास बसेकाले भएको हो। यसरी निक्षेप वा कर्जाका ग्राहक ग्लोबलमै बस्नु भनेकै हाम्रो सक्सेस स्टोरी होइन र ?

मर्जर भइसकेपछि त्यसले बैंकको स्ट्रेन्थ बढ्नुपर्ने हो, कष्ट अफ फन्ड घटेर पहिलेको भन्दा अरु बैंकसँग बढी प्रतिस्पर्धी हुनुपर्ने हो। बैंकको प्रतिफल (आरओई) राम्रो बनाउनुपर्ने हो। अरु सूचकहरु पनि बलियो हुनुपर्ने हो। ग्लोबल आईएमईको हकमा मर्जरले यी सबै कुराहरु प्राप्त भएजस्तो लाग्छ तपाईंलाई ?

लाग्दैन। एउटा कुरा त कुनैपनि संस्था मर्ज भएर ठूलो हुँदा त्यसको जुन सिनर्जी सिर्जना हुनुपर्ने हो, त्यसको लाभ प्राप्त गर्नका लागि समय लाग्छ। यो मानेमा तपाईंले भनेको सत्य हो।

नेपालमा एउटा समस्या के छ भने दुईवटा संस्था मर्ज हुँदा तिनका जति पनि शाखाहरु हुन्छन् ती घटाउन असाध्यै गाह्रो छ। डिजिटल बैंकिङमा हाम्रा ग्राहकहरुको त्यस किसिमको अभ्यस्तता नभइसकेकाले काठमाडौंमै पनि डिपोजिटरका लागि गल्ली गल्लीमा शाखा राख्नुपर्ने अवस्था छ। अहिले ग्लोबल बैंकमा ३२०० कर्मचारी छन्। अहिलेको शाखा संख्याका लागि यो कर्मचारी संख्या बढी हो। मर्ज भएका दुई संस्थाका कर्पोरेट अफिसहरु जोड्दाको कर्पोरेट अफिसमा पनि मान्छे बढी भए।

यसका बाबजुद स्थानीय श्रम ऐन लगायतका कारण पनि बढी भएका कर्मचारी पनि तत्काल हटाउन सकिँदैन, जुन अन्य देशमा सहजै सकिन्छ। यो सबै गर्न पाएको भए हामीकहाँ पनि मर्जरलगत्तै संस्थाको सबै सिनर्जी सिर्जना हुन्थ्यो। नाफा पनि बढ्थ्यो, लगानीकर्ताहरुले बढी फाइदा पाउँथे। तर यसविपरीत सबैलाई लिएर जानुपर्ने अवस्था भएकाले त्यसका लागि चाहिने साइजेबल अर्को बिजनेस नथपेसम्म त केही अवधिका लागि सिनर्जी क्रिएट हुन समय लाग्ने नै भयो। भएको त्यही हो।

तर सिनर्जी क्रिएसन हुन्छ। त्यही अनुसार हामीले २०२५ जुलाईसम्मका लागि नयाँ रणनीतिक योजना बनाएका छौं। ग्लोबल आईएमई बैंकलाई ५०० अर्बको बैंक बनाउने हाम्रो योजना छ। निक्षेप आज २६० अर्ब छ भने यसलाई बढाएर कम्तिमा ५०० अर्ब बनाउने हो। कर्जा आज २३७ अर्ब हाराहारी छ भने त्यसलाई ४५० अर्ब पुर्‍याउने हो।

यसमा मैले कुनै मर्जरसहितको कुरा गरिरहेको छैन। यो अबको चार वर्षभित्रको योजना हो, र हाम्रो लागि त्यो सम्भव छ। कर्मचारीहरु पनि अहिलेकै लेबलमा राखेर, नभइ नहुने भए २०-५० जना थपिएला पनि, तर मोटामोटी ३२-३४०० कै आसपासमा राखेर हामी बिजनेसको साइज दोब्बर बढाउने लक्ष्य राखेका छौं। आज भएकै स्टाफहरुलाई राम्ररी प्रशिक्षित गरेर त्यसबाट अधिकतम आउटपुट निकाल्नेगरी उनीहरुका बलियो पक्षलाई भरपुर सदुपयोग गर्ने छौं।

१० वर्षमा नेपाली बैंकिङ कहाँबाट कहाँ पुगिसकेको छ । अहिले कनेक्ट आइपीएसको प्रयोग आश्चर्यजनक रुपमा बढेर गएको छ, धेरैले चेक काट्नै छोडिसके र एक तहमा अब एटीएम पनि अब्सोलेट (अप्रासंगिक) हुन्छ भन्ने हामी सोचिरहेका छौं। 

---

आज पनि ठूलो जनशक्ति परिचालन गरेरै बैंक संचालन गर्नुपर्ने आशय तपाईंले राख्नुभयो। तर अब त बैंकहरुसँग पुँजी प्रशस्त छ, नयाँ प्रविधि किन्न पैसा पनि खर्च गर्न सक्छन् । तर पनि अहिलेका सबै वाणिज्य बैंकहरुबीच 'ह्युमन रिसोर्स' मा निर्भरता घटाएर प्रविधिमा आधारित बैंकिङ सर्भिसउन्मुख हुने सवालमा उनीहरुको चासोमा त्यति भिन्नता देखिँदैन, किन?

अहिले आन्तरिक रूपमा हेर्ने हो भने हाम्रो सबै डिजिटाइज नै छ, अटोमेसनमा नै छौं। तर समस्या कहाँ हुन्छ भने, ग्लोबल आईएमई बैंकका अहिले करिब २५ लाख ग्राहक छन्, ती सबैलाई डिजिटल बैंकिङमा ढाल्न सकेपछि मात्रै हामी सफल हुन्छौं।

सामान्य रुपमा हेर्ने हो भने पनि अहिले डिजिटल बैंकिङ प्लेटफर्म सबैको छ। त्यसलाई मात्र अपनाइदिने हो भने अहिले कुनैपनि ग्राहकलाई बैंकको काउन्टरसम्म आउनै पर्दैन। यसैले हामीसँग प्रविधि नै नभएको हैन, प्रविधि पहिलेदेखि नै छ। सबै बैंकले डिजिटल बैंकिङका प्लेटफर्महरु ल्याएका छन्। पछिल्लो समय राष्ट्र बैंकले पनि क्युआर कोडबाट डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरिरहेको छ।

 त्यसकारण समस्या प्राविधिक प्रणालीको अभाव होइन। सबैभन्दा ठूलो चुनौती त हामीले आफ्ना ग्राहकलाई यो डिजिटल बैंकिङमा कसरी अभ्यस्त बनाउने भन्ने हो। उपभोक्ताहरु त्यसमा अभ्यस्त भएपछि बैंकको काउन्टरमा गएर पनि क्युआर स्क्यान गरेर पैसा निकाल्न पाइन्छ।

१० वर्षमा नेपाली बैंकिङ कहाँबाट कहाँ पुगिसकेको छ। अहिले कनेक्ट आइपीएसको प्रयोग आश्चर्यजनक रुपमा बढेर गएको छ, धेरैले चेक काट्नै छोडिसके र एक तहमा अब एटीएम पनि अब्सोलेट (अप्रासंगिक) हुन्छ भन्ने हामी सोचिरहेका छौं। हाम्रै बैंकमा कार्ड लिने ग्राहक ८-९ लाख होलान्, तर तीमध्ये २-३ लाखले त कार्ड लिएर एकपल्ट पनि प्रयोग गरेका छैनन्।

यो पनि उनीहरुलाई प्रयोग शिक्षा नपुगेर वा अभ्यस्त नभएकाले हो। बैंकले सिस्टम दिँदादिँदै पनि ग्राहकहरुको नै त्यसतर्फ झुकाव बढेको छैन। बैंकले मात्र जोडबल गरेर हुँदैन, ग्राहकले पनि आफ्नो बानीमा परिवर्तन ल्याउन आवश्यक छ। र, मलाई लाग्छ अबको दुई-तीन वर्षमा यसमा पनि ठूलो रुपान्तरण हुनेछ। हामीले उपभोक्तालाई डिजिटल प्रविधि प्रयोगतर्फ अभ्यस्त भएर रुपान्तरण गर्न समय लाग्छ। यसैले डिजिटल बैंकिङतर्फ रुपान्तरणका लागि हरेक शाखामार्फत ग्राहकलक्षित व्यापक अभियान चलाएर जाने सोच बनाएका छौं।

नेपालको सन्दर्भमा बैंकिङ प्रविधिमा बैंकहरुको आफ्नै इनिसिएशन भन्दा बढी 'थर्ड-पार्टी डिस्रप्सन' को भूमिका छ। १० वर्षमा हाम्रो बैंकिङ कहाँबाट कहाँ पुग्यो भनिरहँदा 'प्रडक्ट इन्नोभेसन' मा भने खासै परिवर्तन देखिंदैन। यस्तो परम्परागत बैंकिङबाटै ग्लोबललाई चार वर्षभित्र ५०० अर्बको बैंक बनाउने तपाईंहरुको योजना हो ?

अन्तर्राष्ट्रिय रुपमा अरु कमर्सियल बैंकहरुले जसरी काम गर्छ, हामीले गर्ने काम त्योभन्दा फरक छ। बाहिर 'डिपोजिट बेस'को आधारमा बैंक बन्दै बन्दैन। यसको हुनुको कारण, युरोप-अमेरिकामा हेर्ने हो भने त्यहाँको अर्थतन्त्र उपभोगमा आधारित (कन्जम्सन बेस) छ।

हामीकहाँ बचतमा आधारित (सेभिङ बेस) छ, त्यसैले हामीकहाँ निक्षेप छ। उपभोगमा आधारित अर्थतन्त्र भएको ठाउँमा मान्छे जान पाएको छैन क्रेडिट कार्ड दिन्छन्। त्यसको कर्जा उठाएर मान्छेले घर गाडी जोड्छन्।

कोभिड फैलिँदा युरोप अमेरिकामा रोजगारी संकट भएर दुई महिना तलब नपाउँदा मान्छे सडकमा आयो। ४०-५० हजार डलरको गाडीमा चढ्ने मान्छे पनि खानाको प्याकेट लिन सडकमा गयो। तर हामीकहाँ मान्छेसँग बचत भएकाले त्यस्तो भएन। उनीहरुकहाँ बचत गर्ने परिपाटी नभएकाले त्यो स्थिति देखियो। त्यस्ता देशमा निक्षेपले बैंक चलेको छैन।

तपाईं‌ले भनेजस्तो लगानीकर्ताहरुका लागि ती देशका बैंकले नयाँ नयाँ प्रडक्ट ल्याए, वित्तीय उपकरण (फाइनान्सियल इन्स्ट्रुमेन्ट) हरु बेचे, इन्भेष्टमेन्ट च्यानलमा गए, मान्छेहरुलाई लगानी गर्नुपर्छ भन्ने भयो। त्यसैबाट बैंकहरुले पैसालाई मल्टिप्लाई गर्दै आएका हुन् त्यहाँ। तर हामी यहाँ परम्परागत बैंकिङ गर्छौं, त्यसमा शंकै छैन।

आज अमेरिकी कम्पनीले बन्ड निकाल्यो भने सारा संसारको पैसा त्यहाँ ओइरिन्छ । त्यहाँका बैंक त्यहीअनुसार चलिरहेका छन् । हाम्रोमा चाहे म्युचुअल फन्ड वा बन्ड नै भनौं, त्यसको बजार नै छैन नि। त्यसैले हामीकहाँ बैंकहरु अहिले जेजस्तो अवस्था छन् त्यसैमा कसरी सर्भाइभ भएर जाने भन्ने मुख्य कुरा हो।

अनौपचारिक क्षेत्र जुन गतिमा औपचारिक बाटोमा आइरहेको छ, त्यसले गर्दा बैंकहरुमा ग्वारग्वार्ती पैसा आइरहेको छ। एकै वर्षमा बैंकहरुको डिपोजिट पाँच-पाँच सय अर्बले बढिरहेको छ, जबकि हिजो सारा बैंकको मिलाएर ५०० अर्ब डिपोजिट पुग्दैनथ्यो। यसबाट नै बैंकलाई अगाडि बढ्न पोजेटिभ ग्रोथ मिलिरहेको छ।

नेपाली बैं‌कहरुले अहलेलाई अर्थतन्त्रलाई फर्मलाइज गरेर कति अगाडिसम्म जान सकिन्छ भन्ने नै हेर्ने हो। बजारमा आवश्यकता भएका ठाउँ पहिचान गरेर बैंकहरु गएकै छन्, पैसा नभएर कर्जा दिन नसकेर थन्किएका छैनन्, गाउँगाउँमा वित्तीय पहुँच विस्तार गरेकै छन्। मान्छेहरुमा म्युचुअल फन्ड, बन्ड जस्तै अन्य उपकरणहरुप्रति पनि रुचि बढ्दै गएपछि हाम्रो समग्र अर्थतन्त्र पनि फरक ढंगले अगाडि जान्छ। त्यतिबेला बैंकहरुले पनि नयाँ तरिकाले सोच्न थाल्छन्, आजको भोलि परिवर्तन किन भएन भन्नेमा नजाउँ।

हामीकहाँ बैंकहरु अहिले जेजस्तो अवस्था छन् त्यसैमा कसरी सर्भाइभ भएर जाने भन्ने मुख्य कुरा हो। अनौपचारिक क्षेत्र जुन गतिमा औपचारिक बाटोमा आइरहेको छ, त्यसले गर्दा बैंकहरुमा ग्वारग्वार्ती पैसा आइरहेको छ । एकै वर्षममा बैंकहरुको डिपोजिट पाँच-पाँच सय अर्बले बढिरहेको छ, जबकि हिजो सारा बैंकको मिलाएर ५०० अर्ब डिपोजिट पुग्दैनथ्यो ।

---

बैंकको नेतृत्वमा तपाईंले अहिले आफूभन्दा आधा उमेरका सीईओहरुलाई कडा प्रतिस्पर्धा दिइराख्नु भएको छ। यो ऊर्जा कहाँबाट आइरहेको छ ?

म ठिकै छु नि, छैन ? कस्तो लाग्यो तपाईंलाई ?

इनर्जी कहाँबाट आइरहेको छ ?

त्यसोभए गोप्य कुरा खोलौं है त । मान्छेको इनर्जी भनेको सोचमा छ, मेरो लागि। 'म बुढो भएँ' भन्ने सोच्यो भने भोलिबाट बुढो भइन्छ। म तनाव लिने खालको मान्छे होइन। यो मेरो काम गर्दाको व्यवस्थापन शैली हो। अघिल्लो दिनको काम सबै मैले त्यही दिन क्लियर गरिसकेको हुन्छु। जहिले पनि अफिस आउँदा ब्याक लग नहुने हुँदा खाली हुन्छु। त्यसैले ढुक्कले क्रिएटिभ भएर दिनभर प्लानिङ गर्न, छलफल गर्न प्रसस्त समय हुन्छ मसँग। अफिसमा आजको काम आजै सक्छु, सबै फाइल क्लियर नगरेसम्म घर जान्न।

त्यसैले कर्मचारीहरुलाई पनि थाहा हुन्छ कि सीईओ निस्किनुभन्दा अघि मेरो फाइलमा यस/नो हुन्छ। आज केही डिसिजन लिनुपर्‍यो भने 'के डिसिजन लिने होला' भन्दै सोचेर त्यसको चिन्ता बोकेर घर जान्न, काममै त्यसको डिसिजन गर्छु, भोलिलाई बाँकी राख्दिन। बरु एक्लै डिसिजन लिन कठिन भयो भने विभागीय प्रमुखहरुसँग छलफल गर्छु। आनन्दले घर पुग्छु र, घर गइसकेपछि कहिल्यै कामको चिन्ता लिन्न। कुनै टेन्सनै हुन नदिने भएकाले म प्रायः सधैं राती ७-८ घन्टा मजाले सुत्छु। त्यसैले होला आजसम्म ममा कुनै रोग पनि छैन। जीवनशैली, काम गर्ने तरिका र सकारात्मक सोच नै हो मेरो इनर्जी।

ग्लोबलबाट 'काजमा' सनराइज जानुभयो, फेरि फर्किएर आउनुभयो। ग्लोबलसँगको यो प्रेम के हो?

नेपाल बैंकमा चार वर्ष बिताएर आएपछि म एनसीसी पनि गएँ। त्यसपछि ग्लोबल आएँ, पछि सनराइज गएँ। यो क्रममा मैले कहीँ पनि दोस्रो टर्म खोजिँन। यो मेरो अभ्यास हो। त्यसैले बजारमा पनि साथीहरु मलाई यो दोस्रो टर्म नचाहने मान्छे हो भन्छन्।

सनराइजमा सीईओ खाली थियो। आउनुस् हामीकहाँ भनेर लिएर गए। तर चार वर्षपछि त्यहाँ पनि छोडेँ। बिचको कुलिङ पिरियडमा बाहिर घुमघाम गरेँ। त्यतिबेलै यहाँ पर्शुरामजीले अकस्मात साउनबाट छोड्नुभयो। यहाँ खाली भएपछि त्यतिबेला बजारमा सायद अरु सीईओहरु उपलब्ध पनि थिएनन् होला।

त्यसैले म (बाहिरबाट) फर्किएपछि चन्द्रजीले फेरि तपाईं ग्लोबलमा आउनुपर्‍यो,भर्खर मर्जर भएकाले बैंक ठूलो भइसक्यो भन्नुभयो। पहिले चार वर्ष काम गरिसकेकाले फेरि बोलाउनुको अर्थ पक्कै पनि त्यतिबेला मैले राम्रो काम गरेर नै हुनुपर्छ। हामी दुवैलाई एकअर्काको काम गर्ने शैली पनि थाहा भएकाले पनि म फेरि यहाँ आएको हो। काजमा गएर फर्किएको होइन।

समस्या प्राविधिक प्रणालीको अभाव होइन ।  सबैभन्दा ठूलो चुनौती त हामीले आफ्ना ग्राहकलाई यो डिजिटल बैंकिङमा कसरी अभ्यस्त बनाउने भन्ने हो । उपभोक्ताहरु त्यसमा अभ्यस्त भएपछि बैंकको काउन्टरमा गएर पनि क्युआर स्क्यान गरेर पैसा निकाल्न पाइन्छ । 

---

उमेर हदको कुरा थियो। त्यसमा राष्ट्र बैंकले तपाईंलाई फेभर गरिदियो भन्ने पनि छ नि?

तपाईंहरुलाई के लाग्छ? राष्ट्र बैंकले जुन निर्णय लिएको थियो, त्यो नराम्रो थियो र? एक तहको उमेरमा मान्छेले काम गर्न सक्छ सक्दैन भन्ने सापेक्षिक रुपमा वस्तुगत निर्णय पनि हुन सक्ला।

राष्ट्र बैंकले पनि एक हिसाबले त्यो निर्णय गर्‍यो। सायद त्यतिबेला मैले सनराइज बैंकमा कन्टिन्यु गरेको भए मलाई त्यो उमेरहदले छुँदैन पनि थियो, पछि आएकालाई न त्यो नियम लाग्ने थियो। पछि आएर राष्ट्र बैंकले ६५ वर्षको नयाँ नियम ल्यायो। त्यसलाई नारायणदास (प्राइम बैंकका सीईओ) ले च्यालेन्ज गरेपछि त्यो स्टे अर्डरमा बस्यो। अर्थात् राष्ट्र बैंकको नियम त स्टे अर्डरमा पहिल्यै थियो नि। यही कुरालाई राष्ट्र बैंकले बाफियामा नै लैजाने पनि कोसिस गर्‍यो।

राष्ट्र बैंकसँग छलफल हुँदा कुरा के आयो भने - एउटा त राष्ट्र बैंकले निकालेको सर्कुलरमा स्टे अर्डर लागेकाले उसले यो भएन उ भएन भन्ने कुरै भएन। दोस्रो, राष्ट्र बैंकले यसलाई ऐनमै व्यवस्था गरेर लैजान खोज्दा त्यो हाउस (संसद) मा विचाराधीन अवस्थामै रह्यो। अब हाउसले 'यस' भन्यो भने राष्ट्र बैंकले भनेअनुसार नै हुने भयो, 'नो' भन्यो भने पनि स्टे अर्डर अनुरुप नै होला। यसैले हाउसमा पुगिसकेको विषयमा राष्ट्र बैंकले हुन्छ/हुँदैन भनिराख्नु जरुरी थिएन।

त्यहीबेला महाजीसँग मेरो कुरा भएकै हो। उहाँले 'तपाईं कतै जाने हो' भनेर सोध्नुभएको थियो। तर मैले 'म ६५ वर्षमा आनन्दसँग रिटायरमा बसेको छु' भनेँ। जवाफमा उहाँले हामी बिग मर्जरको पनि कुरा गरिरहेका छौं, यसैले सरले रि-इन्ट्री गर्नुपर्ने अवस्था छ, रि-थिंक गर्नुस् न भन्नुभएको थियो। तर म त्यतिबेला चुप लागेरै बसेको थिएँ, कसैलाई यो निर्णय गरिदेउ, त्यो निर्णय गरिदेउ भनिँन। राष्ट्र बैंकको गभर्नरलाई हात समातेर यसो गरिदेउ भनेर दबाब दिने अवस्था पनि थिएन।

तर मैले जति पनि मर्जर गराएर जुन किसिमको सिनर्जी सिर्जना गरेको थिएँ, त्यही देखेर उहाँले बिग मर्जरमा तपाईंको एक्पर्टिजको खाँचो छ भन्नुभएको हुनसक्छ। मलाई राष्ट बैंकको सर्कुलर स्टे अर्डरमै भएको भए पनि त्यसलाई मिचेर जान मन थिएन। त्यसैले ६५ वर्ष उमेरको सन्दर्भमा राष्ट्र बैंकमा अरु साथीहरुसँग पनि कुरा गर्दा 'हामीले रोकेकै छैन, तपाईं जानुस् न' भन्नुभयो।

उहाँहरुले पनि बिग मर्जरको अवस्थामा संस्थाको हित हेरेर त्यसो भन्नुभएको थियो त्यही सन्दर्भमा पर्शुरामजीले छोडेर गइसकेपछि ठूलो भएको यो बैंक (ग्लोबल आईएमई) लाई अनुभवी सीईओ नभइ नहुने भएकाले कुरा अगाडि बढेर म आएको हो। तर पर्शुरामजीले छोडेपछि यही बैंकका लागि भनेर राष्ट्र बैंकले निर्णय गरेको त होइन नि।

तपाईं फर्किएर आएयता ग्लोबलको वित्तीय सूचकहरुमा राम्रो सुधार भएको देखिन्छ। तपाईंले ब्यालेन्स शीटमा कहाँ कहाँबाट कस्तो परिवर्तन ल्याउनुभयो? कि यो संयोग मात्र हो?

यो सबै मेरा कर्मचारी साथीहरुले गरेका हुन्। यो सेवा क्षेत्र भएकाले यसमा कर्मचारीहरुले राम्रोसँग काम नगरी उपलब्धि हासिल हुनै सक्दैन। तर त्यसका लागि सीईओले सकारात्मक सोच राखेर नेतृत्व लिन सक्नुपर्‍यो, कर्मचारीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्‍यो। उनीहरुलाई पनि सीईओले लिएको नीतिमा हामी अगाडि बढ्न सक्छौं भन्ने आत्मविश्वास हुनुपर्‍यो। यो सबै कुरा भएपछि काम गर्ने टिमले नाइँ भन्दैन। नतिजा हासिल हुने यसबाटै हो।

यसका लागि काम गर्ने राम्रो वातावरण दिएर बैंकलाई कसरी अगाडि लैजाने भन्नेमा मैले कर्मचारीहरुलाई विश्वस्त पार्न सकेँ होला। म आफैं पनि काम गर्दा हेडअफिस मात्र केन्द्रित हुन्न, हाम्रा २७३ वटै शाखालाई म आफ्नो वर्कस्टेशन मानेर काम गर्छु। दूरदराजका सबै शाखाका स्टाफलाई राम्रो पर्फम गर्न प्रेरित गर्छु। यहाँ भएका सिनियर तहका स्टाफहरु पनि सबै अनुभवी हुनुहुन्छ। अर्को कुरा, अर्थतन्त्र अनौपचारिकबाट औपचारिकतर्फ बढ्दै गएपछि ठूला कर्पोरेट लेन्डिङको कटथ्रोट प्रतिस्पर्धा होइन, एसएमई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हामीले गाउँ गाउँसम्म पुगेर यसमा पनि ध्यान दिएका छौं। आँकडामा ग्लोबलको नतिजा यी सबै कुराहरुबाट आइरहेको हो ।

बैंकलाई एकैचोटी पाँच अर्ब प्रोभिजनिङ गर्नुपर्‍यो भने पो गाह्रो हुन्छ त, दुई तीन वर्ष लगाएर गर्न त आम्दानीले पनि सघाइहाल्छ नि । अझ त्यतिबेलासम्म कोभिड यसरी नै गयो भने मात्र हो त्यो अवस्था आउने । नत्र अर्थतन्त्र रिभाइभ भएर जाँदा त्यति डराउनुपर्ने अवस्था नहोला। यसैले जोखिम नै नहुने भन्ने त होइन तर आज असहज स्थितीमा एक किसिमले सहुलियत दिएको छ भन्दैमा भोलि सबै डुबिहाल्छ भन्ने हुँदैन । 

---

कोभिडको राहतमा ब्याजदर पनि छुट दिइयो र तिर्ने अवधि पनि पछि सारियो। यसले केही ऋणहरु बिग्रिएको भन्ने छ। तर त्यसलाई अहिले पनि खराब ऋणमा चढाइएको त छैन। अर्थतन्त्रमा फेरि कोभिडको असर देखिन थालेकाले यसले वित्तीय क्षेत्रलाई जोखिममा लैजाने पो हो कि भन्ने तपाईंलाई लाग्दैन?

त्यो डर छ । राष्ट्र बैंकले पाँच वा १० प्रतिशत लिएर कर्जा पुनर्तालिकीकरण गर भनेको छ। पुनर्तालिकीकरणवाला कर्जामा पाँच प्रतिशतको मात्रै प्रोभिजनिङ गरिएको छ।

अहिले सबैभन्दा बढी (११ अर्ब) पुनर्तालिकीकरण गर्ने बैंक हामी नै हौं। ११ अर्ब पुनर्तालिकीकरण गर्दा पहिलेकै १ प्रतिशत (११ करोड) मा अतिरिक्त ४ प्रतिशत अर्थात् ४४ करोड रुपैयाँ हामीले प्रोभिजनिङ थप्यौं, त्यो बैंकको कष्ट भयो। भोलि (ऋण) बिग्रिएर गयो भने अप्ठयारो पर्छ भनेर त्यो कष्ट लिइएको हो।

राष्ट्र बैंकले पनि कोभिडबाट उच्च वा मध्यम असर परेको व्यवसायले अहिले पैसा तिर्न सक्दैनन् भनेको छ। पैसा नतिर्दा त बैंकको कर्जा आजै खराब भयो नि। त्यसको सट्टा राष्ट्र बैंकले भन्यो - कर्जा पुनर्तालिकीकरण गरिदेउ, अलिक नोमिनल ब्याज लेउ, ब्याज तिर्ने समय तालिका देउ। यति भएपछि व्यवसायलाई रिभाइभ हुन केही समय त मिल्यो।

अब राष्ट्र बैंकले यो सुविधा नदिएको भए हाम्रो ११ अर्बमध्ये आज पाँच अर्ब क्लासिफाइ भएको हुन्थ्यो होला। त्यसो हुँदा एक-दुई अर्बको हिट तुरुन्तै लिनुपर्थ्यो।

यसकारण राष्ट्र बैंकले पनि यिनीहरु बिग्रिएको होइन, फेरि उठ्न पनि सक्छन् र उठ्नका लागि समय देउ भनेको हो। हामीले पनि खाली ब्याज अलिअलि घटाइदिएर त्यसको पैसा तिर्ने समयको सहुलियत दिएर रिभाइभ हुनका लागि सहयोग गरेको मात्रै हो। यसैले अहिले हाम्रो ११ अर्ब मध्ये १ अर्ब नै बिग्रियो भने पनि ४५ करोड प्रोभिजनिङ गरिसकेकै छ, बाँकी ५५ करोड उठाउन खासै गाह्रो हुँदैन। र, अहिले ५ प्रतिशत मात्र छुट्याएको भएपनि अब असार सम्मको अवस्था हेरेर विस्तारै २५ प्रतिशत पुर्‍याउँला।

बैंकलाई एकैचोटी पाँच अर्ब प्रोभिजनिङ गर्नुपर्‍यो भने पो गाह्रो हुन्छ त, दुई तीन वर्ष लगाएर गर्न त आम्दानीले पनि सघाइहाल्छ नि। अझ त्यतिबेलासम्म कोभिड यसरी नै गयो भने मात्र हो त्यो अवस्था आउने। नत्र अर्थतन्त्र रिभाइभ भएर जाँदा त्यति डराउनुपर्ने अवस्था नहोला। यसैले जोखिम नै नहुने भन्ने त होइन तर आज असहज स्थितिमा एक किसिमले सहुलियत दिएको छ भन्दैमा भोलि सबै डुबिहाल्छ भन्ने हुँदैन। किनकि, ठूलो कर्जा त्यति बिग्रिँदैन, सानो मात्रै हो बिग्रिने।

कहिलेकाहीँ बैंकहरुले एकैचोटी एक-दुई प्रतिशतले निक्षेपको ब्याज बढाइदिने र एक महिनापछि फेरि स्वाट्टै घटाउने गरेको पनि देखिन्छ । निश्चित समयका लागि चाहिएजति पैसा अहिले ब्याज दर बढाएर बजारबाट तत्काल उठाउँछु अनि फेरि सस्टेनेबल भएपछि घटाउँछु भन्ने सोचेर न बैंकहरुले त्यसो गरेका हुन् । अरु बैंकले त्यसो गर्छन् भने हामीले चाहिँ 'म त ग्लोबल बैंक, सारा मान्छेले मलाई विश्वास  गर्छ' भनेर खुट्टा पसारेर बसें भने मेरो डिपोजिट बसिराख्छ र? 

---

बैंकहरुले ब्याजदरको विषयमा पनि अलिकति दूरदर्शी भएर हेर्न सकेनन्, ६-८ महिनामै ब्याजदर निक्कै नै तलमाथि भइरहेको देखिन्छ। नेपाली बैंकहरु ब्याजदर विश्लेषणमा किन यस्तो कमजोर छन्?

बैंकिङ क्षेत्रमा अरु कुरामा म जतिसुकै ठूलो भएपनि ब्याजमा चाहिँ अरु बैंकसँग प्रतिस्पर्धी दर दिन सकेन भने 'ग्लोबल बैंक ठूलो हो, यसकैमा डिपोजिट राख्नुपर्छ' भनेर बस्छ ? त्यसरी बस्नुको मूल्य के निक्षेपकर्तालाई? उसले त कसले बढी प्रतिफल दिन्छ भन्ने हेर्छ नि।

खालि के हो भने कोअपरेटिभ जस्ता साना वित्तीय संस्थामा पैसाको अलिक गडबडी होला भन्ने संशयले त्यस्ता ग्राहक कोअपरेटिभले भन्दा कम ब्याज दिए पनि कम जोखिमका लागि बैंकमा नै आउलान्। तर बैंक-बैंक बीचमा ब्रान्डिङले एक लेबलसम्म त काम गर्ला, तर ब्याजदर एउटाको भन्दा धेरै फरक भयो भने त्यसले काम गर्दैन।

फेरि बैंकहरुको कुल निक्षेपमा बचत र चालु खाताको आकार ठूलो छ भने त्यसले गर्दा बेस रेट नै कम हुन आउँछ। बेस रेट कम हुनेबित्तिकै बजारमा कर्जा प्रतिस्पर्धाका लागि जान सजिलो हुन्छ। तर भोलि मेरो बचतको ब्याजदरमा अन्य बैंकसँग धेरै अन्तर भयो भने त मैले आज राम्रो गरेको छु भनेर बस्दा बस्दै मसँग भएको निक्षेप त अन्त सर्न थाल्छ। र, त्यसलाई रोक्नुपर्ने हुन्छ जसका लागि मैले अरुसँग ब्याज दरमा प्रतिस्पर्धा गरेर जानै पर्छ। तर बचतमा भन्दा मुद्दती निक्षेपमा यस किसिमको चलखेल अलिक बढी हुन्छ। किनकि आज लिएको मुद्दती निक्षेप एउटा निश्चित अवधिसम्मका लागि लक भयो नि।

कहिलेकाहीँ बैंकहरुले एकैचोटी एक-दुई प्रतिशतले निक्षेपको ब्याज बढाइदिने र एक महिनापछि फेरि स्वाट्टै घटाउने गरेको पनि देखिन्छ। निश्चित समयका लागि चाहिएजति पैसा अहिले ब्याज दर बढाएर बजारबाट तत्काल उठाउँछु अनि फेरि सस्टेनेबल भएपछि घटाउँछु भन्ने सोचेर न बैंकहरुले त्यसो गरेका हुन्।

अरु बैंकले त्यसो गर्छन् भने हामीले चाहिँ 'म त ग्लोबल बैंक, सारा मान्छेले मलाई विश्वास गर्छ' भनेर खुट्टा पसारेर बसें भने मेरो डिपोजिट बसिराख्छ र? त्यसलाई टिकाउन पनि मैले बजारको लयलाई रेस्पोन्स गर्नैपर्छ । यस्तोमा ब्याजदर आकलन गर्नसक्ने क्षमताले होइन, बजारले काम गर्छ। तर नेपालको वित्तीय क्षेत्रमा कर्जाको बजारमा विविधिकरण छ, यहाँ १७-१८ प्रतिशत ब्याज लिने सहकारी, १०-१२ प्रतिशत ब्याज लिने फाइनान्स र ७-८ प्रतिशत ब्याजमा ऋण दिने बैंकहरु सबैको आ-आफ्नै बजार छ, सबै चलेकै छन्, सबै सस्टेन भइरहेकै छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell